२०८१ मंसिर १२, बुधबार
स्थानिय निर्वाचन-२०७९ मा विभिन्न राजनीतिक दलहरुले आफ्नो-आफ्नो पक्षमा मत तान्नको लागि दौड शुरु गरेका छन । कंचनपुर जिल्लाको भिमदत्त नगरपालिकामा समेत राजनितिक दल र तीन सङ्ग आबद्द कार्यकर्ताको त्यही हाल देखिएको पाइन्छ । स्थानिय निर्वाचन २०७४ मा जनता सामु राखेका वाचाहरु कतिपय पूरा भए त कति कागजमा मात्रै सिमित हुन पुगेका छन , घरदैलो कार्यक्रममा नेताहरु भोट माग्न पुग्दा आम-जनसमुदायको गुनासो नै त्यही हुने पाइएको छ । स्थानिय निर्वाचन-२०७९ मा भिमदत्त नगरपालिकाको वडा न १४ मा समेत स्थानियहरुले विगतका आफ्ना ५ वर्षमा पाएका गुनासाहरु नेताहरु सङ्ग राख्ने गरेको पाइएको छ । वि.स. २०७४ सालको स्थानिय निर्वाचन पछि वडा स्तरमा आफ्नो पार्टी र नजिकका आसेपासे लाई मात्रै अनुदान बाडेको आरोप समेत वडा न १४ बासीले लगाउदै आइरहेका छन । यसै बिच अर्को ठूलो पार्टी नेपाली काङ्ग्रेसले भने वडामा राम्रो छवि भएका र वडा सन्चालनमा बलिया एजेन्डा बोकेका व्यत्तीलाइ वडा अध्यक्ष पदको लागि उम्मेदवार बनाएको छ । गम्बिर सिंह ऐडीलाई नेपाली काङ्ग्रेसका लागी वडा न १४ का अध्यक्षका लागी उम्मेदवार चुनेका छन । उम्मेदवारी घोषणा सङ्गै र अगाडि देखि नै आफ्ना एजेण्डाहरु लिएर अगाडि बढिसकेका छन , विकाशका बाकी रहेका काम सङ्गै आम जनसमुदाय लाई आवश्यक अहिलेका समस्या जस्तै सरकारी स्कुलहरुमा गुणस्तरीय शिक्षा , वडामा उच्च किसिमको जनचेतना , महिला हिंसालाई शुन्यमा झार्नु देखि लिएर कतिपय वडाका समस्याहरू लाई आफ्ना समस्या बताउदै लागी परेका छन।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी