२०८१ मंसिर १२, बुधबार
स्थानिय निर्वाचन-२०७९ को उम्मेदवारी घोषणा भए सङ्गै अहिले राजनितिक दलका नेता कार्यकर्ताहरु गाउँ-गाउँमा घरदैलो कार्यक्रममा व्यस्त छन । चुनाव घोषणाको शुरुवाती दिनहरुमा गठबन्धन गरि अगाडि बढने निर्णय सरकार पक्षले गरेपनी विभिन्न विरोध पश्चात् नेपाली काङ्ग्रेस एक्लै चुनावमा गएको पाइन्छ , प्रसङ्ग पुरै देशको नभइ कंचनपुर जिल्लाको भिमदत्त नगरपालिकाको मात्रै हो ।
कंचनपुरको भिमदत्त नगरपालिकाको वडा नम्बर १० मा नेपाली काङ्ग्रेसबाट तरुणदलका अध्यक्ष समेत रहेका प्रभावशाली युवा नेता महेश चन्द लाई पार्टीले अगाडि सारेको छ । वडा नम्बर १० मा उनका विपक्षमा एमाले बाट पुर्व वडा अध्यक्ष परमानन्द जोशी चुनावमा जाँदै छन । पुर्व वडाध्यक्षबाट विगतको ५ वर्षमा भएको वडा विकाश जनताले देखिसकेका छन भने नेपाली काङ्ग्रेस कंचनपुर जिल्ला भित्र नै प्रभावशाली तथा लोकप्रिय नेताको रुपमा चर्चित नेता चन्द आफुले बोलेको कुरा पुर्याउने नेताका रुपमा वडामा मात्रै नभई जिल्लामै चिनिने गर्दछन ।
भिमदत्तनगर पालिका वडा न १० मा अन्य प्रतिस्पर्धामा एमाले बाट परमानन्द जोशी , माओवादी केन्द्र बाट तारा जोशी र रा.प्र.पा. बाट दान बहादुर पाल लगायत अन्य स्वतन्त्रबाट समेत वडाध्यक्षबाट उम्मेदवारहरु रहेका छन ।
वडा नम्बर १० का स्थानियलाई बुझ्दा भने उनीहरुले आफू विगतमा जुनसुकै पार्टीको भए पनि यसपाली पार्टीगत हिसाबले नहेरी वडामा विकाश गर्न सक्ने नेतालाई वडाध्यक्षमा जिताउने र हाम्रो वडालाई चाहिएको जस्तो निडर र विकाशप्रेमी नेता नेपाली काङ्ग्रेस बाट उम्मेदवार भएको हुदा यसपालीको अधिकान्श वडा बासी जो वडाको हित र वडामा विकाश चाहन्छन सबैको भोट वडाध्यक्षमा नेपाली काङ्ग्रेसलाई नै मत जाने बताउछन । अन्य पदमा भने विचार गरेर मतदान गर्ने बताउछन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी