२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
नेकपा एमाले बेलडाँडीमा चुनावकै मुखमा बबण्डर मच्चिएको छ । एमालेबाट टिकटको लाईनमा रहेका तीन नेताहरुले बाँगी(स्वतन्त्र) उम्मेदवारी फिर्ता नलिएपछि झन बबण्डर मच्चिएको हो । शुरुवाती चरणदेखि एमाले बेलडाँडीमा टिकटको विषयलाई लिएर तिव्र असन्तुष्टी बढिरहेको थियो ।
एमाले बेलडाँडी तीन युवा नेता विष्णूराम उपाध्याय, भोज पाण्डे र मनोज कुमार बोहराले उम्मेदबारी फिर्ता नलिएपछि झन बबण्डर मच्चिएको हो । टिकटमा अन्याय विभेद भन्दै भन्दै बेलडाँडी १बाट मनोज कुमार बोहरा र २बाट विष्णूराम उपाध्याय, भोज पाण्डेले स्वतन्त्र(बाँगी) उम्मेदारी दर्ता गराएका थिए । बोहरा, पाण्डे र उपाध्यायले उम्मेदबारी फिर्ता नलिएपछि नेकपा एमाले बेलडाँडी गाँउ कमिटीले उनीहरुलाई कार्बाही गरेको छ ।
नेकपा एमाले बेलडाँडीले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै पाटीबाट अघि सारिएका उम्मेदवार बिरुद्धमा उम्मेदवारी दिने, आधिकारिक उम्मेदबार बिरुद्धमा जाने, बोहरा, पाण्डे र उपाध्यायलाई साधारण सदस्य नरहने गरी कार्बाही सिफारिस गरिएको छ । एमाले बेलडाँडीका अध्यक्ष लक्ष्मण सिह भाटले हस्ताक्षर गरेको विज्ञप्तीमा उनीहरुलाई कार्बाही गर्न जिल्लामा सिफारिस गरेको छ । १६ बैशाखमा एमाले कार्बाहीका लागि सिफारिसमा परेका गाँउ उपसचिव विष्णूराम उपाध्यायले १२बैशाखमै एमाले परित्याग गरेको पाईएको छ । उपाध्यायले १२ बैशाखमा एक प्रेस नोट जारी गरेर पाटीबाट राजिनामा र पाटी परित्याग गरेको घोषणा गरेका थिए । गाँउबाट समेत सिफारिस नभएका व्यक्तिलाई सिफारिस गरेको भन्दै उपाध्यायले आजकै मितिदेखि कुनैपनि स्थानमा नबस्ने भन्दै पाटी परित्याग घोषणा गरेका थिए । बेलडाँडी २बाट मदन खत्री र विष्णूराम उपाध्यायले टिकट पाउने चर्चा चलेपनि अन्तत पुरानै हालकै वडाध्यक्ष प्रेमखातीले पाटएसंगै उनकै सहकर्मी सदस्य भोज पाण्डे, विष्णूराम उपाध्यायले बागी दिएका हुन । एमाले बेलडाँडीमा टिकटकै विषयलाई लिएर वडा सदस्य, अध्यक्ष, उपप्रमुख, प्रमुखका आँकाक्षी आफ्नै पाटीले घात गरेको भन्दै रुष्ट देखिएका छन । अरुको पार्टीमा समस्या देख्ने एमालेले आफ्नै पार्टीमा भ्रद्रगोल गर्ने काम गरेको भन्दै एमाले बेलडाँडीका केही नेता कार्यकर्ताले पाटी परित्याग गर्दै तथष्ट कम्यूनिष्ट विचारधारा बोकेर बस्ने घोषणा गरिरहेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी