२०८१ मंसिर १२, बुधबार
भिमदत्तमा रा.प्र.पा. सम्भावना बलियो
कंचनपुर:
स्थानिय निर्वाचनमा दलहरु बिच प्रचार-प्रसारको प्रतिस्पर्धा चलिरहेकै छ । राजनितिक हिसाबले ठुला मानिएका दलहरु गठबन्धनको विरोध खेपिरहेकै अवस्था पनि हो ।
उसो स्थानिय तहको निर्वाचनमा केन्द्रिय निर्णयहरुले त्यति असर पारेको कंचनपुर जिल्लाको राजनितीमा देख्न पाइएन , तैपनी जनता भने पछिल्लो समयहरु भन्दा फरक धारमा आएको पाइन्छ ।
कंचनपुर जिल्लाकै प्रतिस्पर्धात्मक थलोको रुपमा रहेको भिमदत्त नगरपालिकामा समेत यो पाली प्रमुख तथा उपप्रमुखको पदमा ठुला दलहरु भन्दा राष्ट्रिय प्रजातन्त्र पार्टी सङ्ग जनलहर रहेको पाइएको छ ।
उपप्रमुख पदकी उम्मेदवार हेलेन श्रेष्ठका अनुसार जनताले पटक-पटक गरि काङ्ग्रेस र एमालेलाई विश्वास गरेर त्यसको फल भोगिसकेका छन त्यसैले जनताको माग बमोजिम मैले उम्मेदवारी दर्ता गराएकी हु ।
भिमदत्तनगर देशकै पुरानो नगरपालिका मध्येको एक नगरपालिका हो जसको विकाश भने हुनु पर्ने गतिमा नभएको भिमदत्त बासीहरुको गुनासो छ । त्यसैले पनि भिमदत्त नगर बासीहरुले ठुला दलको बिकल्प खोजिरहेका छन ।
पछिल्लो समयको भिमदत्त नगरपालिका सन्चालकहरु लाई विभिन्न आरोप समेत लागि मुद्दा समेत परिसकेको अवस्था रहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले भिमदत्त नगरपालिकामा दिन दिनै घर दैलो कार्यक्रम समेत संचालन गरिरहेको छ । नगरपालिकामा रहेका विभिन्न वडाहरु बाट समेत राष्ट्रिय प्रजातन्त्र पार्टी लाई नै यसपाली प्रमुख तथा उपप्रमुखको जिम्मेवारी दिने भिमदत्त नगरबासीहरुको रहेको बुझिन्छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी