२०८१ मंसिर १२, बुधबार
पाटीको जिम्मेबारी परित्याग गरेको घोषणा
कञ्चनपुर:
राष्ट्रिय जनमोर्चा कञ्चनपुरका सचिव अहिमान थापाले चुनाव नलड्ने भएका छन । थापाले बेलडाँडी गाँउ प्रमुखको पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । अन्तत थापाले पार्टीले साथ नदिएको भन्दै उम्मेदबारीबाट ब्याक भएका छन ।
शुक्रबार थापाले आफ्नो उम्मेदबारी सहित जनमोर्चाबाट उम्मेदवारी परेका सबै उम्मेबारको उम्मेदवारी फिर्ताका लागि निवेदन दिएपनि उनको उम्मेदवारी फिर्ता भएको छैन ।
थापाको राजनीतिक दलबाट उम्मेदवारी फिर्ताका लागि पत्र नआएका कारण उनी सहित जनमोर्चाका उम्मेदवारको उम्मेदवारी फिर्ता भएको छैन । तर, पनि उनीहरुले चुनाव नलड्ने पक्षमा देखिएका छन । चुनावबाट ब्याक मात्र होईन थापाले पाटीको सचिव सहितको जिम्मेबारी परित्याग गरेको घोषणा गरेका छन । ‘चुनावमा पार्टी र सहपाठीबाट घोका भयो, ‘थापाले भने, ‘अब म लगागत सबै जनमोर्चा उम्मेदवारले बेलडाँडीमा चुनाव लड्दैन, मैले पाटीको जिम्मेबारी पनि त्यागे, तर पाटी त्यागेको छैन । प्रमुख पदमा जनमोर्चाका उम्मेदवार थापाले चुनाव नलडने घोषणा गरेसंगै अब माओवादी–समाजवादीबाट प्रमुखका उम्मेदवार ईश्वरी भट्ट, काँग्रेसका हरिचन्द्र राना र एमालेबाट अक्कल बहादुर विष्टविच प्रतिस्पर्धा हुनेछ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी