२०८१ मंसिर १२, बुधबार
दोधारा:
दोधारा चाँदनीमा एक जोडी श्रीमान, श्रीमती एउटै पदमा प्रतिष्पर्धा गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ मा नेकपा एमालेका तर्फबाट वडा सदस्यका उम्मेदवार रहेका संदिप उपाध्याय् र सोही वडाका नेपाली काग्रेंसको तर्फबाट वडा सदस्य पदमा उम्मेदवार रहेका कमला उपाध्याय् श्रीमान श्रीमतीको जोडी प्रतिष्पर्धामा उत्रेका हुन् । उनि दुबै अहिले मतदातालाई भेट गर्न घरदैलोमा ब्यस्त रहेका छन् । दुबै जना श्रीमान, श्रीमती एउटै वडामा एउटै पदका लागी मैदानमा उत्रिएपछि वडा नं. ७ को निर्वाचन परिणाम थप रोचक बनाएको छ् । उनिहरुको आफन्तलाई समेत प्रचार प्रसारका सहयोग गर्न सकस भएको बताईएको छ् । नेकपा एमालेले दोधारा चाँदनी नगरपालिका वडा नं. ७ मा अध्यक्षको उम्मेदवारमा ज्ञानेन्द्र बहेक क्षेत्री, सदस्यमा संदिप उपाध्याय, कमला बोक्टी, पुजा सुनार, र केशर थापालाई उम्मेदवार खडा गरेको छ् । यस्तै नेपाली काग्रेंसले सोही वडामा वडाध्यक्ष पदका लागी शुशिल राना मगर, वडा सदस्यमा कमला उपाध्याय्, देबीसरा सुनार, देब बहादुर श्रेष्ठ र आईत बहादुर क्षेत्रीलाई उम्मेदवारी दिएको छ् । श्रीमान र श्रीमती चुवानी मैदानमा उत्रिएपछि कस्ले बाँजी मार्ने हो भन्ने स्थानियहरुमा चाँसो र जिज्ञासाको बिषय बनेको छ् । वडामा आफुलाई बिजय बनाए वडाको समृद्धि र बिकास गर्ने दुबैको भनाई रहेको छ् । श्रीमान संदिप उपाध्याय नेकपा एमालेको नेता तथा कार्यकर्ता सहित दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ को बिभिन्न टोल बस्तीमा मतदाताहरुलाई भेट गर्दै आएका छन् । नेकपा एमालेको तर्फबाट वडा सदस्यमा उम्मेदवार पाएका संदिप उपाध्याय्ले श्रीमान र श्रीमती अलग पार्टीमा, त्यसैमा एउटै वडामा एउटै पदमा उम्मेदवारी किन ? भन्ने प्रश्नमा हाँस्दै ृनले आ–आफ्नो बिचार भएको बताएका छन् । संदिप उपाध्याय् नेकपा एमालेका युवा र क्रियाशिल युवा हुन् । उनि बिभिन्न संघ–संस्थामा आबद्ध रहेर कामको अनुभव बटुलेका ब्यक्ती हुन् । यस्तै वडामा मतदातालाई भेट गर्दै हिडेका कमला उपाध्याय्ले यस पटक आफु र आफ्नो टिमको जित निश्चित भएको दाबी गरेका छन् । काग्रेंस नेत्री कमला पनि नेपाल रेडक्रस सोसाईटी लगाएत बिभिन्न संघ–संस्थामा आबद्ध रहेर सामाजिक अनुभव बटुलीसकेका महिला हुन् । महिला अधिकारको क्षेत्रमा बुलन्द आवाज उठाउदै आएका उम्मेदवार तथा काग्रेंस नेत्रीले दोधारा चाँदनी नगरपालिका वडा नं. ७ मा नेपाली काग्रेंसको पुरै उम्मेदवारले भारी मतले बिजय हुने पक्का पक्क्की भएको दाबी गर्दै आएका छन् । नेपाली काग्रेंस संघिय क्षेत्र नं. ३ (ख) का क्षेत्रिय सदस्य रहेका नेत्री कमला उपाध्याय् यस अघि नेपाली काग्रेंस दोधारा चाँदनीका नगर कार्य समितिका सदस्य रहेका थिए । ५ वर्षमा वडा देखिएका असन्तुष्टी तथा जनप्रतिनिधीहरुले गर्दै आएका आफ्नोलाई पोस्ने कार्यको रोक्नु पर्ने कमला उपाध्यायले बताएका छन् । वडा सदस्य पदमा श्रीमान श्रीमतीको वडा सदस्यमा पदमा देखिएको घम्साघम्सीमा कस्ले बाजी मार्ला त्यो त, हेर्न भने बाँकीनै छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी