२०८१ मंसिर १२, बुधबार
दोधारा:
महिला अधिकार प्राप्तिको लडाई लड्दै आएकी दोधारा चाँदनी नगरपालिकाका एक कुशल महिला अधिकारकर्मीको नाउ हो खिमा चन्द । पेशाले उनि शिक्षिका हुन् । दोधारा चाँदनी नगरपालिकामा स्थानिय निर्वाचनमा उनलाई पार्टीले उपप्रमुख पदको उम्मेदवारमा टिकट दिएपछि लामो समय गर्दै आएको शिक्षण पेशालाई उनले त्यागेर उनि निर्वाचनमा होमिएका छन् । उनि दिन रात दोधारा चाँदनी नगरपालिका बिभिन्न बस्ती तथा टोलमा घरदैलोमा ब्यस्त रहेका छन् । आसन्न स्थानिय निर्वाचनमा दोधारा चाँदनी नगरपालिकामा नेकपा एमालेका तर्फ देखि उपप्रमुखका उम्मेदवार रहेका खिमा चन्द राजनीति क्षेत्रमा पनि उक्तिकै सत्रिय महिला नेतृ हुन् । बिद्यार्थी जिवन देखि राजनितिक सुरु गरेका एमाले नेतृ चन्द दोधारा चाँदनी नगरपालिकामा रहेका बिभिन्न महिला संजाल तथा संघ–संस्थामा आबद्ध रहेका छन् । गाँउ घरमा हुने महिला तथा बालबालिकाहरु माथीको थिचोमिचो सुल्झाउनमा उनि पोख्त छन् । बिगत लामो समय देखि गाँउ बस्तीमा महिला तथा बालवालिकाहरुमा हुने थिचोमिच सुल्झाने कार्यमा उनि पुर्णरुपमा निपुण भएको अवस्थामा उनि नगरउप्रमुख पद जिम्मेवारी सहजै निर्वाह गर्न सक्ने अवस्था छ् । उपप्रमुख पदमा मेरो उम्मेदवारी स्थानिय सरकारमा महिलाको अर्थपुर्ण सहभागिता, सुशासन मैत्री वातावरण निमार्ण गर्न, राजनीतिलाई समाजिक सेवामा रुपान्तरण गर्न, महिला तथा वालवालिका, दलितहित, गरिबी र उत्पिडनमा परेका वर्ग समुदायको उत्थान गर्नु, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, महिला तथा युवालाई उद्यमशिता संग जोड्न, नमुना नगरपालिका घोषणको पूवार्धार तयार गर्न, एकल महिला सहित महिलाको प्रतिनिधिका रुपमा मेरो उम्मेदवारी रहेको बताईन । नेकपा एमालेबाट दोधारा चाँदनी नगरपालिकामा नगर उपप्रमुखमा उम्मेदवारी पाएका नेकपा एमालेका नेतृ खिमा चन्दले नगरलाई भ्रष्टाचार मुक्त बनाउनका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । संघियता स्थापित भएपछि भएको स्थानिय तह निर्वाचनबाट दोधारा चाँदनी नगरपालिकाले पाएको जनप्रतिनिधिहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको तीतो अनुभव दोधारा चाँदनीबासीको रहेकाले भ्रष्टाचार मुक्त पालिका बनाउन आफू अग्रसर भएको दावी गरे । उनले आफू नगर उपप्रमुख निर्वाचित भए दोधारा चाँदनी नगरपालिकाको कार्यालयमा भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको सिद्धान्तलाई पालन गर्ने वचनवद्धता व्यक्त गरे । उनले भने ‘म, नगरउपप्रमुखमा निर्वाचित भए हाम्रो पालिका कार्यालयका साथै अन्य कार्यालयहरुमा हुने भ्रष्टाचार माथी समेत रोक लगाउन पहल गर्ने छु ।’ आफ्ना यिनै एजेण्डाहरुका साथ एमालेको दोधारा चाँदनीमा नगरउपप्रमुखका उम्मेदवार तथा महिला अधिकारकर्मी खिमा चन्द मतदताहरु संग भेट गर्न उनिहरुको घरदैलोमा पुग्दै आएका छन् । उनले मतदाताहरुलाई दोधारा चाँदनी नगरपालिकाको सर्वागिण विकासका लागि निस्वार्थ भावले काम गर्ने वचनवद्धता व्यक्त गरे । घर दैलोमा उनी संगै एमालेको नगरप्रमुखका उम्मेदवार किशोर कुमार लिम्बु सहित एमालेका नेता कार्यकर्ताहरुको समेत उपस्थिति रहेका थियो
ा प्रतिनिधित्वका लागि उपप्रमुख पदमा मेरो उम्मेदवारी ः खिमा चन्द
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी