२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर:
प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्तागठबन्धनमा रहेका दलहरु नेकपा एमालेसंग एक्लै चुनाव लड्न डराएको बताएका छन् ।
कञ्चननपुरको बेलौरीमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले एमालेको शक्ति देखेर दलहरु एक्लै लड्न डराएको बताउँदै अहिले गठबन्धन गरेर पनि एमालेसंग सकिदैन भनिरहेको उल्लेख गरे ।
‘एमालेसंग एक्लै लड्न नसकिने भएरै उनीहरुले पालिकादेखि वडासम्मै गठबन्धन गरेका छन्,’ उनले भने, ‘शेरबहादुर जीले गठबन्धनलाई भोट दिएर जिताउनुस् भनिरहेका छन्, एमालेसंग एक्लै लड्न सकिदैन, ठूलो छ भनिरहेका छन् ।’
गठबन्धनको घोषणा पत्रप्रति कटाक्ष गर्दै ओलीले एमालेलाई गाली बाहेक अरु केही उल्लेख नगरेको आरोप लगाए ।
‘कांग्रेसको घोषणा पत्रमा सभापतिको नाम ७ पटक छ, मेरो नाम ४२ ठाउँमा लेखेका छन्,’ उनले भने, ‘एमालेलाई गाली बाहेक घोषणा पत्र केही छैन ।’
एमालेलाई टर्च लगाएर खोज्नु पर्छ भन्नेहरुलाई उनले बैलौरी सभा हेर्न आह्वान् गरेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी