२०८१ मंसिर १२, बुधबार
दोधारा चाँदनीमा स्वतन्त्र समुह उम्मेदवारको समृद्धि तथा बिकासका प्रतिबद्धता पत्र यस्तो छ ।
“राष्ट्रियताको संरक्षण, नगरको समुन्नति,
भ्रष्टाचारको अन्त्य जनताको प्रगती“
बिगत लामो समय देखि दोधारा चाादनी नगरपालिकाको जनताको सुख दुखमा साथ दिदै आएका गरिब, दुखी असाहयलाई खाद्यान्न, न्यानो लुगा कपडा लगाएत आगलागी भएका गरिब, बिरामीहरुलाई आर्थिक सहयोग गर्दै आएका, अन्यायमा परेका जनताको बिषयमा बुलन्द आवाज उठाउदै आएका र नगरपालिकामा भएका बिभिन्न भ्रष्टाचार र कोरोना संक्रमण रोक्न गरिएको अनियमिताको सशत्त बिरोध गर्दै आएका तथा कोरोना संत्रणमले उब्जाएको त्यो कहाली लाग्दो संकटकालमा भारतमा फसेका नेपाली दाजु भाईहरुलाई गाडी बुक गराएर भारतका बिभिन्न स्थानबाट झिकाउनमा सहयोग गर्दै उक्त स्थानमा खाना समस्या भएकाहरुलाई खाद्यान्न, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नगरबासी लगाएत क्वारेन्टाईनमा रहेका दाजु झाईहरुलाई समेत स्वास्थ्य सामग्री सहयोग गर्दै आएका र दोस्रो कारोना संक्रमणको लहरमा अक्सिजन मसिन लगाएत स्वास्थ्य सामग्री सहयोग गर्नुको साथै कोरोना संत्रमण भएकाहरुलाई आˆनो ज्यानको प्रवाह नगरि उनिहरुको रेखदेख अस्पताल सम्म पुर्याउन काम गर्दै आएका सम्पुर्ण नगरबासीलाई थाहा भएकै कुराले बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनमा अहिले जनताको सेवक जनप््तिनिधी भई जनताको सेवा गर्ने उद्धेश्यले आउदो ३० गते हुन गईरहेको स्थानिय निनर्वाचनमा स्वतन्त्र समुह बनाई नगरपालिकाको सबै वडामा प्रतिनिधी उठाई मैले नगरप्रमुख (मेयर) पदमा उम्मेदवारी दिएको जानकारी गराउदै सेवा गर्ने मौका दिन हुनेछ् भन्ने पुर्ण आशाका साथ निम्न अनुसार स्वतन्त्र समुको प्रतिबद्धता गर्दछौं ।
१) शिक्षा क्षेत्र :
शिक्षालाई उच्च प्राथमिकतामा राखी प्रर्याप्त बजेटको व्यवस्था गरि निम्न कार्य गरिनेछन् ।
बालबालिकाहरु लाई कक्षा १२ सम्म नि ःशुल्क शिक्षा
सामुदायिक बिद्यालयहरुमा अंग्रेजी माध्यम बाट पठन पाठनको विकास गर्ने ।
स्थानिय भुगोललाई समेटने गरि स्थानिय पाठ्यक्रमको बिकास गर्ने ।
हालको समयलाई मध्यनजर गर्दै सामुदायिक बिद्यालयहरुमा पठन पाठनलाई प्रभावकारी बनाउन कम्प्युटर, मल्टिमिडिया तथा प्रशिक्षण सामाग्रीको प्रयोग गरिने ।
बिद्यालयहरु र सार्वजनिक स्थलमा निःशुल्क ईन्टरनेट को सुविधा ।
बिद्यालयहरुमा प्राविधीक शिक्षाको बिकास गर्ने ।
सामुदायिक बिद्यालयहरु बाट एसईई उत्कृष्ठ ५ जना बिद्यार्थीलाई प्रत्येक वर्ष एक–एक ल्यापटप प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था गरिने ।
२) स्वास्थ्य क्षेत्रः
स्वथ्य सेवालाई प्रभावकारी बनाउन प्रयाप्त बजेटको व्यवस्था गरि स्वास्थ्य केन्द्रलाई स्त्तोरउन्नती गरि अस्पताल निमार्ण संगै २४ सै घण्टा स्वास्थ्य सेवा उपलब्ध गरिने छ् ।
आईसियु बेडको ब्यवस्था गरिने छ् ।
मिर्गौला बिरामीहरुका लागि डाईलोसिसको ब्यवस्था गरिने छ् ।
अक्सिजन प्लान्टको सुबिधा गरिने छ् ।
सर्प दंशको उपचारको ब्यवस्था गरिने छ् ।
रेबिजको उपचारको ब्यवस्था गरिने छ् ।
प्रसुतीगृह (बर्थथिङ सेन्टर) को स्त्तोरउन्नती गरि सुविधा सम्पन्न गरिने छ् ।
नगर क्षेत्रका सम्पुर्ण महिलाहरुलाई निशुल्क सेनेटेरी प्याडको ब्यवस्था ।
स्वथ्य विमा कार्यक्रम सबै परिवार सम्म पुर्याउन आर्थिक सहयोग तथा परामर्शको व्यवस्था गरिनुका साथै निम्न सुबिधा गरिने छ ।
३) श्रम तथा रोजगार ः
उद्योगी कम्पनीहरु संग सहकार्य गरि स्थानिय स्तरमा उद्योग तथा कलकारखानाको स्थापना गर्ने ।
स्थानियहरुलाई आर्थिक एवम् अन्य सहयोग गरि स्थानिय स्तरमा उद्योग कलकारखाना स्थापना गर्ने ।
स्थानिय युवाहरुलाई आर्थिक एवम् अन्य सहयोग गरि साना तथा मझौला उद्योग संचालन गर्ने ।
उद्योग कलकारखानाहरुलाई करमा सहुलित तथा कर छुटको ब्यवस्था गर्ने ।
निशुल्क सिपमुलक तालिमको माध्यमबाट युवाहरुलाई रोजगार तथा स्वरोजगार बनाउने ।
एक घर एक सिप ः गरिब, बिपन्न युवाहरुलाई निःशुल्क सिपमुलक तालिमको माध्यम बाट आत्मनिर्भर बनाउने ।
बिदेशमा रहेका कामदारहरुको तथ्यांक संकलन गरि पालिकामै रोजगार श्रजना गर्ने र स्थानिय उत्पादनलाई प्रयोग गरि लघुउद्योग स्थापनामा जोड दिने ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी