२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
नेकपा एमाले बेलौरी नगरपालिकामा बबण्डर मच्चिएको छ । टिकट वितरणमा आफन्त निकटलाई दिएको भन्दै असन्तुष्टी रहेको एमालेमा थप विवादले बबण्डर नै मच्चिएको छ ।
बेलौरी नगरपालिका १०मा लाल बहादुर चौधरीले एमाले आधिकारिक उम्मेदवार लोकेन्द प्रशाद जोशी बिरुद्धमा उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा उत्रिएका छन । एमाले बेलौरीका नेता लाल ब. चौधरीले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन । उनका प्रचारमा राम प्रशाद जोशी, रामललाल चौधरी झत्त बहादुर चन्द खटिएपछि उनीहरुलाई पनि कार्बाही गर्ने चेतावनी दिईएको छ । नेकपा एमाले बेलौरी नगर अध्यक्ष बाबुराम न्यौपाले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा लाल ब. चौधरी सहित प्रस्तावब कोपीला चौधरी र सर्मथक पतिराम चौधरीलाई कार्बाहीका लागि सिफारिस गरेको छ । गत बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली बेलौरी आएपनि एमालेमा देखिएको बैमनस्यता र बबण्डर भने न्यूनिकरणको साटो झन चर्किदै गएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी