२०८१ मंसिर ९, आईतबार
दोधारा :
दोधारा चाँदनी नगरपालिकामा आसन्न निर्वाचनमा नयाँ ‘ट्वीस्ट’ आएको छ् । मेयर पदमा ठुला दलका उम्मेदवारलाई कडा टक्कर दिदै छन्, स्वतन्त्र समुहका उम्मेदवार भिम कुमालले । दोधारा चाँदनी नगरपालिकामा पाका राजनीतिज्ञ भिम कुमालको ‘इन्ट्री’ ले झस्किएका छन् । छोटो समयममा राजनितिक जिवन याक्रा सुरु गरेका सामाजिक कार्यमा सत्रिय रहेका मेयर पदका उम्मेदवार कुमाल सामाजिक कार्यमा लोकप्रिय छन् । त्यसैले पनि उनी नेपाली काग्रेंस, नेकपा एमाले लगाएत दलका असन्तुष्ट मत थपेर पल्ला भारी बनाउने दाउमा छन् उनका स्वतन्त्र समुह । किनभने नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र भित्र असन्तुष्ट जमात भएको उनले बिश्वास राखेका छन् । नेपाली काग्रेंसको तर्फ देखि गोपाल दत्त भट्ट, नेकपा एमालेबाट किशोर कुमार लिम्बु जस्ता दिग्गज र अनुभवी नेताहरुको यस पटक स्वतन्त्र समुहको मेयर पदका उम्मेदवार भिम कुमालले आमना सामना गर्नु पर्ने भएको छ् । नेकपा एमालेबाट मेयर पदमा किशोर कुमार लिम्बु, नेपाली काग्रेंसबाट गोपाल दत्त भट्ट, नेकपा माओबादी केन्द्र निरु देबि कामी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भगीरथ भट्ट, नेपाल मजदुर किसान पार्टीबाट मिनु गिरी, राष्ट्रिय जनमुक्ती पार्टीबाट फगुने राम दमाई, स्वतन्त्रका उम्मेदवारमा भिम कुमाल अहिले मतदाता संग भेट गर्न भ्याई नभ्याई छ् । ‘हामी मेयर, उपमेयर गरि सबै वडामा अध्यक्ष तथा सदस्य गरि ५२ जनाले उम्मेदवारी दिएका छौं । यसपटक दोधारा चाँदनी नगरपालिकामा स्वतन्त्र समुहले ईतिहास रच्ने छ्’ स्वतन्त्र समुहका मेयर पदका उम्मेदवार भिम कुमालले भने । ‘नगर क्षेत्रमा भएको नितीगत भ्रष्टाचार मुछिएका तथा भ्रष्टाचार हुदा टुलुटुलु हेरिरहेनेहरुले अहिले आएर उम्मेदवार भएका छन् । अहिले चुनावको बेला भए भरको कुरा दिन्छु भन्नु बठ्याई मात्र हो,’ उनी भन्छन्, ‘जनताले दलहरुको ताल देखिसकेका छन् । जनताबाट उठाएको कर स्वाहा पारिरहेको छ् । देश खोक्रो भईरहेको छ् ।’ भ्रष्टाचारबाट मुक्तिलाई उनले बिशेष नारा बनाएका छन् । कुमाल भन्छन्, ‘म बेईमानी गर्दिन । भ्रष्टाचार गर्दिन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भने जस्तो भ्रष्टाचार गर्नु भनेको त्यो आमाको रगत खानु बराबर हो । म आफूले पाएको तलब, भत्तामा दुई गुना आफ्नै खल्तीबाट थपेर हरेक गरिब तथा बिपन्नहरु लगानी गर्छु ।’ आफू पैसा कमाउनका लागि मेयर बन्न नलागेको पनि मेयर पदका उम्मेदवारको प्रस्टोक्ति छ् । उनी थप्छन्,– ‘मैले बिगतका दिनहरुमा कोरोना संक्रमणको बेला उब्जेको समस्या होस्, वा दिनदुखीलाई गर्दै आएको सहयोग होस्, जनताले म, माथी बढी बिश्वास गरेको छ् । लप्पन छप्पन जान्दिन । मैले पैसाका लागि होईन, सामाजिक काम गर्ने रहर भएर ईज्जतका लागि राजनीति गरेको हु । नगर समृद्ध बनाउछु, देश बनाउछु भनेर राजनीतिमा आएको हु । कमाउने भए मैलै अन्य काम गरेर राम्रै पैसा कमाउछु । मैले के–का लागि पैसा कमाउने ? मलाई मैले कमाएको सम्पत्तिनै पर्याप्त छ् । मैले स्थापना गरेको गुरुकुल ईष्च्युट एण्ड टेकनिकल एजुकेशनबाट १५ हजार युवा तथा युवतीलाई तालिम दिएर स्वरोजगार बनाएको छु’ उम्मेदवार कुमाल भन्छन् । उनी भन्छन्, – यस पटक मैले दोधारा चाँदनीका हरेक दुखी पिडित घर, बस्तीमा बसेर कुरा गरेको छु । यसपाली दोधारा चाँदनी नगरपालिकाका दुर्गम बस्तीहरुले स्वतन्त्र उम्मेदवारलाई मौका दिन्छन् ।’ ‘म अन्य दलले जस्तो नगरपालिकालाई कार्यकर्ता भर्ती केन्द्र बनाउदिन् । सबैलाई समेटेर अगाडि बढ्छु । मेरो जित युवाहरुको भविष्य निर्माणका लागि हो, वृद्धवृद्धा, किसान, मजदुर सबैको मुहार हसाउनका लागि हो । मैले जितेमा दोधारा चाँदनी नगरपालिकाका भूमिहीन सबैले जग्गाको लालपुर्जा पाउछन्’ उनले थपे । घरघरमा वृद्धभत्ता पुर्याउने, कक्षा १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था मिलाउने, मेयर भएपछि आफूले पाउने सेवा सुविधा विपन्न, गरिबको स्वास्थ्य सेवामा खर्चिने प्रतिबद्धता पनि उम्मेदवार कुमालले गरेका छन् । म, भ्रष्टाचार र सुशासनको पक्षमा छु, नगरको बेथिति अन्त्य गर्न मेरो जित आवश्यक छ, कांग्रेस, एमाले, माओवादी, समाजवादीलाई अब दोधारा चाँदनीबासीले पत्याउने अवस्था छैन्’ स्वतन्त्र समुहको तर्फ देखि चुनाव चिन्ह कैची लिएर मेयर पदका उम्मेदवार भिम कुमालले भने ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी