२०८१ मंसिर ९, आईतबार
दोधारा:
नेकपा एमालेका नेता ओंम प्रकाश रोकाया यतिबेला दोधारा चाँदनी नगरपालिका–८ वडाध्यक्ष पदको दौडमा रहेका छन् । उनि यस अघि दोधारा चाँदनी नगरपालिका वडा नं. ८ को वडाध्यक्ष पदमा रहेका हुन् । वडाध्यक्ष पदबाट राजिनामा दिएर चुनावमा होमिएका छन् ओम प्रकाश रोकाया । यस अघि ०७४ सालको निर्वाचनमा रोकाया वडा अध्यक्ष पदमा भारी मतले निर्वाचित भएका हुन् ।
लामो समय देखि राजनितिक यात्रा गरेका उनि २०४७ सालमा दोधारा चाँदनी नगरपालिका वडा नं. ८ बाट वडाध्यक्ष पदमा निर्वाचित भए संगै अरु वडा भन्दा बढी बिकास निर्माणका कार्य गरेका छन् । जगबुडा नदीमा तबटन्ध, सुन्दरनगर खेल मैदान लगाएत उनले गरेका ठुला योजनाहरु छन् ।
वडाध्यक्ष हुदा आफ्नो वडामा सबै भन्दा बढी बजेट भित्र्याउन काम गरेको उनको चर्चा सर्वत्र रहदै आएको हो । ‘मैले यस अघि वडा अध्यक्ष भएर अघि बढाएका केही योजना पुरा गर्न बाँकी छ्, ‘उनले भने, ‘केही अधुरा छन, तिनीहरुलाई पुरा गर्छु ।’ पार्टी र जनताको साथ सर्मथनबाट आफु वडाध्यक्षको उम्मेदवार बनेको उनको भनाई छ् । राजनीति संगै समाजिक क्षेत्रमा जोडिएका ओंम प्रकाश रोकायाले वडालाई डिजिटल वडा बनाउने योजना अघि सारेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी