२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर:
कुतियाकबरबासी को घर दैलो कार्यक्रममा बोल्दै स्वतन्त्र नगर प्रमुखका उम्मेदवार भिम कुमाल कुतियाकबरबासी
को मुहार मा खुसियाली ल्याउछु र उनीहरुका हरेक दुख सुखमा साथ दिने बाचा गरेका छन् l
उक्त कार्यक्रममा स्वतन्त्र नगर प्रमुख, उपप्रमुख,अध्यक्ष,सदस्य लगायत कुतियाकबरबासी को ठूलो उपस्थिति थियो l उक्त कार्यक्रममा स्थानीय बिनु सुनारले भनिन्, ‘चुनाव आयो भने मात्रै नेताहरु हामीलाई सम्झन्छन्। जितेर गएपछि फर्केर पनि हेर्दैनन् l ‘हामी कुन हविगतमा बसेका छौँ, उनीहरु सबै बिर्सिन्छन्।
‘जवाफ दिँदै भिम कुमाल भने’
मैले हरेक समयमा कोरोना महामारीको बेलामा औषधि देखि, डाक्टर ,उपचार, खाद्यान्न आदि बाडी आएको बेला मैले सम्पूर्ण नगरवासीहरुको आफ्नो निजी खर्च बाट सेवा गरेको थिए l आगामी दिनमा पनि तपाईहरूको हरेक दुख पीडामा साथ रहनेछ l जिते भने मात्र होइन हारेपनि यस नगरपालिकालाई र नगरपालिकामा बस्ने सम्पूर्ण वृद्धवृद्धा, गरिब, असाहाय, विपन्न र बिभिन्न सामाजिक क्षेत्रमा मेरो सहयोग सधै रहिरहने’ उनले बताए l
यो गाउँ महाकाली नदी र जोगबुढा नदीले घेरेर बनेको टापुमा हो। यो भारतसँग जोडिएको सीमावर्ती नेपाली गाउँ हो। यहाँ ४ सयभन्दा बढी व्यक्तिको बसोबास छ। जो सीमामा देश रक्षक बनेर बसेका छन्। यहाँको समस्या भनेको महाकाली र जोगबुढा नदीको हो। नदीले जमीन कटान डुबान हो l म निर्वाचित भइसकेपछि तटवन्ध देखि लिएर कुतियाकबरबासी समस्याहरु समाधान गर्नु नै मेरो पहिलो लक्ष्य हुनेछ l
गत कार्तिकमा आएको बाढीले सबैभन्दा बढी प्रभावित बनेको थियो, कुतियाकबर वि.सं. २०२८ सालमा राजा वीरेन्द्रले बसालेको यो बस्ती महाकाली नदी कटानले बगरमा परिणत हुँदै गएको छ।
‘पहिला २०० बढी घरधुरी थिए। नदीले जमीन बगर बनेपछि स्थानीय यहाँबाट विस्थापित भएका छन् l अहिले ४० परिवार मात्रै बस्छन्।’ कुतियाकबरका स्थानीयले आफूहरुले यस क्षेत्रका लागि पक्की तटबन्ध बनाएर महाकाली नदीबाट आफूहरुलाई बचाउन भिम कुमाल आग्रह गरेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी