२०८१ मंसिर ११, मंगलबार
कञ्चनपुर:
नेकपा माओवादी केन्द्रले कञ्चनपुरको लालझाडी गाँउपालिकामा एमाले नेता कार्यकर्ताको गत्था समुहले माओवादी केन्द्रका उम्मेदवारमाथि गुण्डागर्दी शैलीमा उत्रिएको जनाएको छ ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले एक प्रेस विज्ञप्ती जारी गर्दै लालझाडीमा एमाले नेता कार्यकर्ताको गत्था समुहले माओवादी केन्द्रका उम्मेदवारमाथि गुण्डागर्दी शैलीमा उत्रिएको जनाएको हो ।
माओवादीले बिनवारीमा एमालेका तीन दर्जन बढी लठैतहरुले स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी) केन्द्रबाट वडा नं. १ अध्यक्षका उम्मेदवार दिनेश रानामाथि गरेको सांघातिक हमलाको नेकपा (माओवादी केन्द्र) कञ्चनपुर घोर बिरोध तथा भत्र्सना गरेको छ ।
माओवादी केन्द्रका लोकप्रियता देखेर हारको मानसिकतामा पुगेको एमालेले गुण्डागर्दी शैलीमा मतदातलाई धम्क्याएर निर्वाचनलाई प्रभावित पार्न खोजेका माओवादीको ठहर छ ।
‘यसअघि हिजो मात्रै एमालेका वडाध्यक्षकै उम्मेदवारको निर्देशनमा (एकीकृत समाजवादी) बाट बेलौरी नगरपालिकामा उपप्रमुख पदका उम्मेदवार नन्दलाल रानामाथि समेत आक्रमण भएको थियो ।, ‘विज्ञप्तीमा भनिएको छ, ‘यसबाट एमाले हारको मानसिकताले विक्षिप्त भएर अपराधिक क्रियाकलापमा उत्रेर गुण्डागर्दीको श्रृंखला शुरु गरिरहेको देखिएको छ ।’
बिनबारीमा संघीय सांसद बिना मगर उनकी मितिनी छोराको जन्मदिनको अवसरमा खाना खान स्थानीय रामप्रसाद रानाको घरमा जानु भएको जनाउँदै माओवादीले लालझाडीमा हामीले जनताको अपार माया र समर्थन पाएकाजनाएको छ । ‘त्यहाँ मौन अवधिमा गएर प्रचार गर्नैपर्ने कमजोर अवस्थामा हामी छैनौं, ‘विज्ञप्तीमा भनिएको छ, ‘तर नितान्त पारिवारिक र व्यक्तिगत भेटघाटको विषयलाई अतिरञ्जित गर्दै बाहिरबाट आएका एमाले गुण्डाहरुले गाडी घेराबन्दी गरि तोडफोड गर्न खोज्दा त्यसको प्रतिकार गर्ने क्रममा उम्मेदवार दिनेश राना लगायतका हाम्रा केही कमरेड सिकिस्त घाइते भएका छन् ।’
राजनीतिमा अपराधिकरणको अन्त्य गर्न सबैमा अपील गर्दै हामीमाथि सांघातिक हमला गर्नेहरुको खोजी गरी तत्काल कार्वाही अघि बढाउन सम्बन्धित निकाय समक्ष माग गरेको छ । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरिराम चौधरीद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा आम जनतामा एमालेको गुण्डागर्दी र आंतङकबाट रत्तिभर विचलित नभई शान्ति पूर्णरुपमा मतदान गर्न अपिल गरिएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी