२०८१ मंसिर ८, शनिबार
नेकपा माओवादी केन्द्रकी संघीय सांसद तथा नेकपा माओवादी केन्द्रकि केन्द्रीय सदस्य बीना मगर मौन अवधिको अवज्ञा गर्दै आचारसंहिता बिपरित गृह जिल्लामा मत मागिरहेको भेटिएको छ । निर्वाचन आयोगले गएराति १२ बजेदेखि तोकेको मौन समयको उल्लंघन गर्दै उनी कञ्चनपुरका निर्वाचन क्षेत्र नम्बर २ लालझाडीको बिनवारी स्थित पानी टोलमा मतदातालाई भेटेर माओवादीका लागि भोट मागिरहेकी छिन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारीसमेत रहेकी बीना बुधबार दिउँसो लालझाडी गाउँपालिकामा चुनाव प्रचारमा पुगेकी छिन् ।
बा १७ च ७९४२ नम्बरको निजी गाडी लिएर उनी माओवादी पार्टीको चुनाव चिह्न अंकित झण्डासहित गाउँमा घुम्दै भोट मागिरहेकी छन् । मगर गृहनगर पुनर्वासबाट चुनावी प्रचारका लागि दिउँसो लालझाडी गाउँपालिका पुगेको स्थानीयले बताएका छन् ।
माओवादी नेता मगर नेकपा माओवादी केन्द्रका तर्फ बाट वडा नम्बर १ का वडा अध्यक्ष पदका उम्मेदवार दिनेस रानाको घरमा प्रचारप्रसार गरि रहेको अवस्थामा भेटिएकी छ्न ।
निर्वाचन आयोगका अनुसार मौंन अवधिमा गएराती १२ बजे पछि यश अवधिमा सामाजिक सञ्जालदेखि मतदातासमक्ष पुगेर चुनाव प्रचार गर्न नपाइने, भोज भतेर, भेला सभा तथा सबै चुनाबी प्रचारप्रसारका कार्यक्रममा रोक लगाएको छ । तर नेता मगरले उत्त अवधीलाई उलंघन गरेर वडा अध्यक्ष अध्यक्ष रानाको घरमा बर्थ डे मनाउने भन्दै प्रचारप्रसार गरिरहेको भेटिएकी हुन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी