२०८१ मंसिर ११, मंगलबार
दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा ४ वटा वडाको मतगणना सम्पन्न भएको छ् । वडा नं. १, ५, ६ र १० मा मतगणना सम्पन्न भएको हो । वडा नं. १ मा एक सदस्य बाहेक सबै सेट राप्रपाले जितेको छ । अध्यक्षमा बिक्रम चन्दले ८ सय ६ मत प्राप्त गरेर ३ सदस्य सहित जितेका छन् । उनका प्रतिद्धन्दी कांग्रेसले ५ सय ५ र एमालेका उम्मेदवारले ४ सय १२ मत प्राप्त गरे । एउटा सदस्यमा भने कांग्रेसले जितेको छ् । यस्तै वडा नं ५ मा वडा अध्यक्षमा राप्रपाका केशव खत्री सहितको पुरै टिम बिजयी भएको छ् । उहाँका प्रतिद्धन्दी कांग्रेसले ३ सय ८० र एमालेले २ सय ७२ मत प्राप्त गरे । वडा नं ६ मा पुरै सेट एमालेले जितेको छ् । अध्यक्षमा एमालेका ओम बस्नेत ८ सय ७४ मतका साथ बिजयी भएका हुन् । उनका प्रतिद्धन्दी कांग्रेसले ७ सय ५१ मत पाएको छ् । यसै गरी वडा नं. १० मा पुरै सेट कांग्रेसले जितेको छ् । कांग्रेसका चन्द्र बहादुर सिंह ९ सय ९ मतका साथ बिजयी भएका छन् । उनका प्रतिद्धन्दी एमालेका उम्मेदवारले ६ सय ७१ मत प्राप्त गरेका छन् । १० वडा रहेको उक्त पालिकामा अहिले सम्म प्रमुख, उप–प्रमुखमा कांग्रेसनै अगाडी रहेको छ । ८ हजार ७७ मतको गणना हुादा प्रमुखमा कांग्रेसका गोपाल दत्त भट्टले ३ हजार ९२, एमालेका किशोर कुमार लिम्बुले २ हजार ९ सय ५४, स्वतन्त्र उम्मेदवार भिम बहादुर कुमाल ६ सय ८७, राप्रपाका भगिरथ भट्टले ५ सय ८६, माओवादीका निरु देवी कामीले १ सय २२ मत पाएका छन् । यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका गंगा देवी जोशीले २ हजार आठ सय १६, एमालेका खीमा चन्दले २ हजार ५ सय ६७, माओवादीका भरत दत्त भट्टले १ हजार ६२, राप्रपाका रिसु कुमारी सुनवारले ५ सय ४० स्वतन्त्रका पार्वती राना मगरले ३ सय पचासी मत पाएको निर्वाचन अधिकृत कृष्णदत्त भट्टले जानकारी दिए । यही गतिमा मतगणना भएमा ४ गते सम्ममा नतिजा दिन सकिने उहाले बताउनुभयो । उहाले भन्नुभयो, ‘केही कारणबस मतगणनामा अवरोध नआएमा ४ गते सम्ममा गणना सकिन्छ ।’ ६ हजार ८ सय १ मतदाता रहेको उक्त पालिकामा १८ हजार ३ सय ७१ मत खसेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी