२०८१ मंसिर ११, मंगलबार
कञ्चनपुर:
कञ्चनपुरको पुनर्वास नगरपालिका ९मा नेकपा माओवादी केन्द्रको प्यानलै निर्वाचित भएको छ ।
आइतबार निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार माओवादी केन्द्रको पुरै प्यानल निर्वाचित भएको हो ।
माओवादी केन्द्रका नर बहादुर विकले एमाले उम्मेदवार दल ब. घर्तीलाई २८७मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । विकले १ हजार ६० र घर्तीले ७७३ र काँग्रेसका उम्मेवार मान ब. धामीले ५३०मत ल्याएका छन । सदस्यहरुतर्फ पनि माओवादी केन्द्रकै निर्वाचित भएका छन । राजन बहादुर सुनार, राम बहादुर खाती, मणिनाथ बोगटी र मनमाया विश्वकर्मा निर्वाचित भएका छन । यस अघि पनि यो वडामा माओवादी केन्द्र निर्वाचित भएको थियो । अहिले पनि माओवादी केन्द्र निर्वाचित भएको छ । वडामा माओवादीको संगठन बलियो र उम्मेदवार लोकप्रिय भएकै कारण लगातार लगातार दुवै पटक जुन उम्मेदवार अघि सार्दा पनि निर्वाचित भईरहेका छन । वडाध्यक्षमा निर्वाचित माओवादी नेता नर बहादुर विकले वडाको विकासका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी