२०८१ मंसिर ११, मंगलबार
कञ्चनपुर:
कञ्चनपुरको भीमदत्त नगरपालिका १३ मा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन । पुतली चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका राम बहादुर बोहरा(झक्कास) निर्वाचित भएका हुन । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिमाण अनुसार स्वतन्त्र उम्मेदवार झक्कासले राप्रपा, गठबन्धन, एमाले र काँग्रेसका उम्मेदवार उछिन्दै वडाध्यक्षमा निर्वाचित भएका छन ।
झक्कासले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका खेमराज पन्तलाई १०८ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका छन । झकासले ६४६, पन्तले ५३८ मत ल्याएका थिए । भने काँग्रेसका सुरेन्द्र बहादुर सिहले ३६९ राप्रपाका प्रकास थापाले ६७मत ल्याएका छन ।
झण्डै दुई दशक काँग्रेसको राजनीतिमा सकृय रहेका झक्कासलाई यस पटक पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । काँग्रेस क्षेत्रीय प्रतिनिधी रहेका झक्कासले काँग्रेसकै निर्वाचन क्षेत्र नम्बर ३ का कोषाध्यक्ष सिहलाई पराजित गरेका छन । कोषाध्यक्ष सिह भन्दा २७७ मतबढी ल्याएका थिए । पार्टीको आधिकारिक उम्मेदवार सिह बिरुद्धमा बागी उम्मेदवारी दिएको भन्दै नेपाली काँग्रेसले झक्कासलाई कार्बाही गरेको थियो । ‘जो कार्बाहीमा परेका थिए उनै जिते, ‘भीमदत्त नगरपालिका १३का निर्वतमान अध्यक्ष लाल बहादुर शाहीले भने, ‘जो जनताका लागि रातदिन खट्न उनैलाई जनताले चिने र नेताले चिनेनन् ।’
पार्टीभित्र टिकट वितरणमा को जनतामा लोकप्रिय छ, भन्ने बारेमा नेताले ख्याल नगर्दाको परिमाण भएको उनको भनाई छ । काँग्रेसबाट टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार भएर वडाध्यक्ष निर्वाचित भएका झक्कासले जनताको चाहना अनुरुप काम गर्ने बताए । ‘म स्वतन्त्र भएर जनताबाट चुनिएको छु, ‘उनले भने, ‘अहिल्यै कहिकतै प्रवेस गर्दैैन, ‘यस्तै स्वतन्त्र रुपमा जनताको सेवाका काम गर्छु ।’ अधिल्लो चुनावमा यस वडाबाट काँग्रेसले जितेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी