२०८१ मंसिर ११, मंगलबार
कञ्चनपुर:
कञ्चनपुरको बेलौरी नगरपालिकाले सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । दोस्रो पटक नगर प्रमुखमा निर्वाचित भएका पोतिलाल चौधरी पदभार ग्रहण गर्दै नगरका सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ ।
पदभार ग्रहण पछि नगर प्रमुख चौधरीले बेलौरीका सबै सुत्केरी महिलालाई अस्पताल पुयाउन निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेका छन । सुत्केरी महिलाको घरदेखि बेलौरी नगरपालिका अन्र्तरगत रहेका स्वास्थ्य सेवा केन्द्र सहित सेती महाकाली प्रादेशिक अस्पताल पु¥याउन निःशुल्क सेवा प्रदान गर्ने निर्णय गरेका छन ।
यो निर्णय संगै बेलौरीका विपन्न समुदाय लाभान्वित हुने छन । बेलौरी नगर प्रमुख पोतिलाल चौधरीले नगरको सम्बृद्धिका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । स्थानीयले समेत पोतिलाल चौधरीले नगरको विकासका लागि पहिलो कार्यकालमा राम्रो काम गरेकाले दोस्रो कार्यकालपनि उनैलाई जनताले मौका दिएको बताएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी