२०८१ मंसिर १८, मंगलबार
दार्चुला:
दार्चुला जिल्ला महाकाली न.पा वडा न ४ खलंगा सदरमुकाम स्थित भारतको पिथौरागढबाट आएको भारतीय गैरसैनिक सानो सेतो हेलिले दार्चुला जिल्ला सदरमुकाम स्थित नेपाली आकाश प्रयोग गरि भारतको धारचुला स्थित भारतिय सैनिक हेलिप्याडमा ल्याण्ड भएको थियो । उक्त हेलिकप्टरमा भारत उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिह धामी सवार थिए । मुख्यमन्त्री धामीले गुन्जिमा भारतिय जिल्ला प्रशासन पिथौरागढ द्वारा आयोजित ” आजादिका अमृत महोत्सव ” अन्तर्गत साइकिलिङ्ग र्यालिको शुभारम्भ तथा सभालाइ सम्बोधन कार्यक्रम गरि २ बजे नैनिसैनी हवाइ पट्टि पिथौरागढ तर्फ गएको भन्ने बुझिएको छ । उक्त साइकिलिङ्ग र्यालीमा भारतको विभिन्न स्थान बाट ५८ जना साइकिलिष्ट हरुको सहभागिता रहेको र उक्त र्याली मई २५/२६ सम्म संचालन हुने र भारत द्वारा अतिक्रमित नेपाली भु.भाग ब्यास गा पा १ गुन्जिबाट शुरु भइ भारतको ब्यास क्षेत्र जोलिङ्काङ्ग आदिकैलाश सम्म पर्यट्किय रुपमा हुने भन्ने भनिएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी