२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकामाथि भएको यौनजन्य हिन्सा(बलात्कार)को शिकारमा परेकी बालिकाको न्याय र क्षतिपूर्तिको माग अघि सारेर पीडित पक्षले नगरपालिकामा धर्ना दिएका छन ।
बुधबार दिउँसोदेखि पीडित बालिका आफन्तले भीमदत्त नगरपालिका धर्ना दिएका छन । घटना भएको दुई दिन वितिसक्दा पनि उपचार, न्याय र क्षतिपूर्तिको विषयमा कुनैपनि निकायबाट पहल नभएको भन्दै धर्ना दिन बाध्य भएको बताएका छन ।
पीडित बालिकाकी आफन्त ईन्द्रावती रानाले दिन दाहडै घरमा बोलाएर बलात्कार गर्नेदेखि बालिकाको हत्या प्रयास हुँदा समेत सरकारी निकायबाट घटनाको गम्र्भिरता नदेखिएको बताईन ।
‘एउटा अबोध बालिकामाथि बलात्कार भएको छ, ‘उनले भनिन, ‘बलात्कारी मरेर गएपनि उनका घर र आफन्त छन, के यि बालिकाले न्याय नपाउने ?’ उनले बालिकाको उचित लालनपालन, अध्ययनका लागि व्यवस्था मिलाईदिनुपर्ने बताए । उक्त घटनाप्रति भत्र्सना जाहेर गर्दै नेकपा माओवादी केन्द्र र नेपाल राना थारु समाजले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । नेपाल राना थारु समाज कञ्चनपुरकी अध्यक्ष प्रेमबती राना र नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेम पाण्डेद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा बालिकाको न्यायका लागि माग अघि सारिएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी