२०८१ मंसिर ११, मंगलबार
कञ्चनपुर:
स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिना पनि भएको छैन । निर्वाचन भएको दुई साता मात्रै भएको छ । कञ्चनपुरको बेलडाँडीमा नेपाली काँग्रेसले जितेको छ । काँग्रेसको जितको खुसियालीसंगै संकटपनि संगै निम्तिएको छ ।
कार्यपालिका सदस्य चयनका लागि काँग्रेस बेलडाँडीसंगै एकल बहुमत छ । तर, काँग्रेस भित्र कार्यपालिका सदस्य चयनमा ठुलो बबण्डर मच्चिएको छ । संस्थापन कोईराला पक्षीय गाँउ प्रमुख हरिशचद्र राना, उप प्रमुख शान्ति नाथ सहितका जनप्रतिनिधीले रमेश लेखक, एनपी साउद पक्षका नेता कार्यकर्ताहरुलाई सौतेली व्यवहार गरेको भन्दै बबण्डर मच्चिएको काँग्रेस नेताहरुले बताएका छन । बेलडाँडीका एक काँग्रेस नेताले कार्य पालिका सदस्य चयनका लागि वडाबाट पार्टीको आधिकारिक सिफारिस भएका व्यक्ति भन्दा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीले आफु निकटलाई राख्न खोजेको भन्दै विवाद चुलिएको बताए ।
काँग्रेस विवाद पाटीभित्र सीमित रहेको छैन । बाहिरै छताछुल्ल भएको छ । काँग्रेस बेलडाँडी २ का वडा सभापति मदनराज भट्ट, सचिव शुरेश सिह ऐर सहितका दर्जनौँ नेता कार्यकर्ताहरुले राजिनामा दिएका छन ।
काँग्रेस जिल्ला कार्य समितिलाई सम्बोधन गरिएको राजिनामा पत्रमा बेलडाँडीमा काँग्रेस जिताउनका लागि रातदिन खटिएपनि जनप्रतिनिधीले हैकमवादी चरित्र देखाएको आरोप लगाएका छन । वडाबाट भएका संस्थागत निर्णय लत्याएर आफुखुसी आफु अनुकुल हुनेगरी हैकमवादी चरित्र प्रस्तुत गरेकाले पार्टीको साधारण सदस्य नरहनेगरी आजकै मितिदेखि राजिनामा दिएको घोषणा गरेका छन । राजिनामा दिएका पक्षहरुले पार्टीका लागि रातदिन खटिएपनि जित्नेहरुले पार्टीको हितमा त काम गर्न नसकेको भन्दै के जनताको हितमा काम गर्लान भनेर कुरा काटिरहेका छन । उनीहरुलाई आफ्नै नेता कार्यकर्ता जिताएको दुई सातामै पछितो भईरहेको छ । नेपाली काँग्रेस बेलडाँडी गाँउपालिका सचिव कुलैराज उपाध्यायले कार्यपालिका सदस्य छनौटको विषयमा निर्वाचित जनप्रतिनिधीले छनौट गरेकाले पार्टीको भूमिका केही नभएको बताउदै, राजिनामा दिएको विषयमा आफुले सुनेको मात्रै बताए । कार्यपालिका सदस्य छनौटको कार्य पार्टीको नभई निर्वाचित जनप्रतिनिधीले मात्रै गरेको बताउँदै उनले यस विषयमा कसै काँग्रेंस नेता कार्यकर्ताहरुले रोईकराई गर्नुपर्ने विषय औचित्यहिन भएको उनको भनाई छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी