२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर:
पोखराबाट जोमसोम जाँदै गर्दा सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजीमा प्रतिकूल मौसम बाधक बनेको छ । मौसम खराब भएका कारण खोजी कार्यमा कठिनाइ भएको मुस्ताङ प्रहरीले जनाएको छ ।
तारा एयरको ९ एन एईटी ट्विनअटर विमान १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो । विमान आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको थियो । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज हाल सम्म पनि सम्पर्कमा आएको छैन ।
पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको ९ एन एईटी ट्विनअटर जहाज लेतेपास नजिक पुगेपछि सम्पर्कविहीन भएको थियो । मौसम खराब भएपछि जोमसोमबाट ताराको सम्पर्कविहीन ट्विनअटर खोज्न गएको हेलिकोप्टर जोमसोम विमानस्थलमा फर्किएको छ ।
हुस्सु र पानी परेकाले खोजी र उद्धारका लागि गएको फिस्टेल एयरको हिलिकोप्टर फर्किएको पोखरा नागरिक उड्डययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले बताए । सम्पर्कविहीन भएको ताराको ट्विनअटर खोज्न जोमसोमबाट हेलिकोप्टर परिचालन गरिएको थियो ।मुस्ताङका डिएसपी रामकुमार दानीका अनुसार हेलिकोप्टरबाट खोजी तथा उद्धार नभएपछि हेलिकोप्टर अन्तिम समय सम्पर्कमा आएको लेते पास र धौलागिरि श्रृंखला आसपासका क्षेत्रमा प्रहरी र स्थानीय खटाइएको छ । त्यस्तै उपल्लो भेगमा रहेका गोठालाहरुसँग पनि सम्पर्क गरी ट्विनअटर देखिए नदेखिएकोबारे बुझ्न थालिएको छ ।
पोखराबाट जोमसोमका लागि उडेको सम्पर्कविहीन ताराको जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना रहेको पुष्टि भएको छ । मुस्ताङको घाँसामा ठूलो आवाज सुनेको र आगो बलेको देखेको भन्दै स्थानीयले खबर गरेका छन् । तर त्यहाँ अहिलेसम्म प्रहरी वा अन्य कुनै निकाय पुगेको छैन । प्रहरीका अनुसार यो सूचनालाई पुष्टि गर्ने प्रयास भइरहेको छ । यद्यपि, अहिले हराएको विमानको खोजीलाई त्यसतर्फ केन्द्रित गरिएको प्रहरीले जनाएको छ ।
मौसम खराब भए पनि ताराको जहाज जानुअघि समिट एयरको जहाज पोखराबाट उडान भरेर जोमसोममा सकुशल अवतरण गरेको थियो । विमानमा ३ चालकदलका सदस्य र १९ जना यात्रु रहेको जनाइएको छ । पोखरा विमानस्थलले उपलब्ध गराएको यात्रु विवरणमा १६ नेपाली र ६ विदेशी रहेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी