२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर साउन २५
साउन १४ गते साझको समयमा बेलडाँडी गाउँपालिका–२ सिंहपाल टोलका १८ वर्षीय सन्दीप थापा (सागर) माथि सामुहिक आक्रमण हुँदा सन्दिप थापा घाइते भएका थिए यसै विषयमा आज उनका बाजे , काका र मामाले महेन्द्रनगरको एक होटलमा पत्रकार सम्मेलन गरि घटना बारे कन्चनपुर स्थित पत्रकारहरू माझ विस्तृत रुपमा जानकारी गराइ न्यायको समेत अपिल गरिदिन आग्रह गरेका छन ।
साउन १४ गते घरबाट ललाइफकाइ लगेर गाउँमै बाँधेर १०/१२ जनाको समूहले निर्घात कुटपिट गरेका थिए । सन्दीपलाई सोही ठाउँका मुकुन्द जोशी लगायतको समूहले बाँधेर निर्घात कुटपिट गरेको र टाउकोमा कुखुरी प्रहार गरेका थिए । शरीर भरी निलडाम, घाउ भएको सन्दीपको अवस्था नाजुक छ । अहिले सन्दिप उपचारको क्रममा धनगडीमा छन ।
सन्दीपको पक्ष बाट उनका आफन्तहरुले बेल्डाडी स्थित इ प्र का बेल्डाडिमा निवेदन समेत दिइसकेका छन , प्रहरीले बेलडाँडी गाउँपालिका–२ का मुकुन्द जोशी, विरेन्द्र कार्की (प्रज्वल), किसन मडै, लोकेश भण्डारी, योगेश साउँद, दीपक शाही लाई प्रहरीले समातेको छ।
निवेदन दर्ता गर्ने बेला समेत दर्ता गर्न नमानी सकेपछि स्थानियहरुको दबावमा प्रहरीले निवेदन दर्ता गर्नु परेको हुदा सन्दीपले न्याय पाउने विषयमा संका उत्पन्न भएको उनका आफन्तहरुले पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।
समाजमा यस्ता घटनाहरु बढदो रुपमा देखिन्छन। प्रहरी निरीक्षक कठायतले आफूहरुको मुद्दा दर्ता गरे पछि आक्रमण गर्ने समूहलाई पनि मुद्दा हाल्न लगाउन भूमिका खेलेको सन्दीपको परिवारको आरोप छ ।
ईलाका प्रहरी कार्यालय बेलडाँडीका अनुसार दुवैतर्फबाट ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा दर्ता भएकाले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीका अनुसार घाइते सन्दीपको तर्फबाट गएको मुद्दामा ६ जना र अर्को पट्टीबाट आएको मुद्दामा २ जना पक्राउ परेका छन् ।
‘हतियार सहित आएका १०/१२ जनाको समूहले आक्रमण गर्न खोजेको र उनीहरुमध्ये एक जनालाई नियन्त्रणमा लिएर बाँधेर राखेको र अन्य मानिस भागेको भनेका छन् ।’ उनले भने, ‘अहिले दुवै पक्षका आरोपी हाम्रो नियन्त्रणमा छन्, उनीहरुमाथी अनुसन्धान भइरहेको छ ।’
सन्दीपको परिवारले आफूमाथि लगाएका आरोप निराधार रहेको उनको दाबी छ । ‘छिमेकमै मुद्दा मामिला गर्दा रिसिबी हुने भएकाले केही घटना समाजमै मिलाउन सकिने भएकाले छलफल गरेर मिलाउला भनेर मुद्दा दर्ता नगरेको भनेको थिएँ ।’ उनले भने, ‘ज्यान मार्ने उद्योगको मुद्दा ६ महिनाभित्र दिन सकिने हुनाले तत्काल यसमा नगइ केही दिन घाइतेको अवस्था हेर्ने र पछी जानै पर्ने भए मुद्दामा जानु होला भनेको थिएँ । यही कुरालाई उहाँहरुले गलत अर्थमा बुझिदिनु भयो।’
घटनालाई राजनीतिकरण गर्ने प्रयास भएको उनको दाबी छ । ‘आरोपीहरुलाई नियन्त्रणमा लिएका छौँ । उनीहरुमाथि सुक्ष्म अनुसन्धान भइरहेको छ ।’ उनले भने, ‘अनुसन्धानकै क्रममा रहेकाले धेरै कुरा भन्न मिल्दैन ।’
कुटपिट, हत्या , चोरी , तस्करी जस्ता घटनाहरु हिजो आज धमाधम भइरहदा समेत कसैले केही बोलेको भेटिदैन समाज कुन दिशामा गइरहेको छ भन्ने तत्काल बुझ्नु के सबै सरोकारवालाहरु को कर्तव्य होइन र स्थानिय स्तरमा सरकार गठनले घर घरमा सिह दरवार भन्ने नारा त पूरा भयो तर ती दरवारका राजाहरु समाजको लागी के गरिरहेका छन , समयमै सचेत गराउनु जरुरी छ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी