२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर:
राप्रपा कञ्चनपुरले आफ्नो स्थापना दिवस भव्यरुपमा मनाएको छ । राप्रपा जिल्ला कमिटी कञ्चनपुरको आयोजना राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना दिवसको अवसर पारेर राप्रपाको ३३ औं स्थापना दिवस मनाएको हो । हिन्दुरास्ट्र कायम गरौं राजसंस्थाको स्थापना गरौं भन्ने मुल नाराका साथ सुरुभएको कार्यक्रममा स्वगिय पृथ्वी नारायण शाहको तस्बिरमा माल्याअर्पण र मैनबत्ती बालेर सुरु गरिएको थियो ।
मुलुकमा हिन्दुराज्य र राजसंस्था अपरिहार्य भएको भन्दै विभिन्न बक्ताहरुले बताएका छ्न । देशमा रहेका ठुला भनाउदा राजनीतिक दलहरु भ्रष्टाचारमा लिप्त भएका छ्न देश र जनताका लागि हिन्दुराज्य र राजाको आवस्यकता जनताले चाहेको राप्रपा कञ्चनपुरका कोषाध्यक्ष दिनेस श्रेष्ठले बताए । कार्यक्रममा स्थानीय तह निर्वाचनका बारेमा समिक्षा समेत गरिएको थियो ।
जनताले आजको आवस्यकता राजतन्त्र र हिन्दुराज्य चाहेका छ्न तर नेपालका राजनीतिक दलले पैसाको प्रलोभनमा केही र केही लाई डर त्रास र धम्कीका कारण आज पनि जनता सुरक्षित नभएको दिनेस श्रेष्ठले जिकिर गरे । अगामी दिनमा अझै ससक्त्त रुपमा जाने र जनताका सबै समस्याहरुबारे आफुले र आफ्नो पार्टिले सक्ने जति काम सबै पूरा गर्ने उन्ले बताए ।
यस्तै राप्रपा प्रदेश सदस्य तथा भिमदत्त नगरपालिकाकि उपमेयरकि उम्मेदवार हेलन श्रेष्ठले स्थानीय तह निर्वाचनमा राप्रपालाइ मत प्रदान गर्ने सम्पुर्ण रास्ट्रप्रेमी जनतालाइ धन्यवाद दिएकी छन् । कार्यक्रममा बोल्दै नेता श्रेष्ठले सिङो हिन्दुराज्यका तर्फ बाट र हामी सम्पुर्ण उम्मेदवारहरुका तर्फ बाट धन्यवाद ब्यक्त गरेकी छन । हामी जनताका लागि र हिन्दुराज्य स्थापनाका लागि लडेका हौं एकदिन अवस्य जनता हिन्दुराज्यका लागि सडकमा आउनेछ्न । भ्रष्ट नेताहरु र आफन्त बादका विरुद्ध जनता सडमा उर्लिए फेरि राजसंस्था स्थापन हुन कसैले नसक्ने बताइन ।
राप्रपा जिल्ला कोषाध्यक्ष दिनेस श्रेष्ठको अध्यक्षतामा सुरुभएको कार्यक्रम पार्टिका भिमदत्त नगरपालिका अध्यक्ष करणसिंह पाल ले सञ्चालन गरेका थिए । कार्यक्रममा राप्रपाका विभिन्न तहका नेता कार्यकर्ता सहित जिल्ला कार्यसमितिको कार्यालय महेन्द्रनगरमा सुरु भएको राप्रपा भीमदत्त नगरपालिकाका नगर अध्यक्ष करन पालले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी