२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
कञ्चनपुरको दोधाराचाँदनीका नव निर्वाचित जनप्रतिनिधीले पालिका प्रशासनिक भवन निर्माण गर्ने ठेकेदार कम्पनीले गुणस्तहिन भवन बनाएको भन्दै भुक्तानी रोक्ने निर्णय गरेका छन ।
पालिका प्रशासनिक भवन निर्माणमा ठेकेदार कम्पनी जोशी बिल्र्डस प्रालिले चरम लार्पबाही र गुणस्तहिन बनाएको भन्दै हालसम्म निर्माण सम्पन्न भएको कामको भुक्तानी रोक्ने निर्णय गरेका हुन ।
नगर कार्यपालिका बैठकबाट पारित गरिएका निर्णय मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै दोधाराचाँदनीका नगर प्रमुख किशोर लिम्बुले भवन निर्माणमा अनियमितता भएको ठोकुवा गर्नुभयो । ‘यो पालिका प्रशासनिक भवन निर्माण्मा अनियमितता भएको हामीले पाएका छौँ, ‘नगर प्रमुख लिम्बुले भने, ‘स्टेमेट अनुरुप काम गरेको छैन, त्यसैले ठेकेदार कम्पनीको भुक्तानी रोक्छौँ ।’ निर्माण कम्पनीले भवन हस्तान्तरण नगर्दै अघिल्लो बीर ब. सुनार नेतृत्वको स्थानीय सरकार निर्माणाधिन भवनमै सरेको थियो । गत भदौँदेखि कार्यालय नयाँ भवनमा सरेको थियो । कर्मचारीका अनुसार हालसम्म पनि भवनको औपचारिक हस्तान्तरण भएको छैन । तर कामकाज भईरहेको छ ।
‘भवनमा प्रयोग हुने सबै समान गुणस्तहिन प्रयोग भएको पाएका छौँ, ‘उनले भने, ‘भवनमा १६० पङखा जोड्नुपर्ने हो, ६० मात्रै जडान भएका छन, ति पनि बिग्रीसके ।’ समान्य हावाहुरी पानी पर्दा समेत झ्यालबाट सिधै पानी भित्र परेर क्षति भईरहेको बताउदै नगर प्रमुख लिम्बुले कोठाहरु बस्न लायक नै नभएकाले ठेकेदार कम्पनीका भुक्तानी रोकेको बताए । ‘यस्तो भवन निर्माण गर्दासम्म कार्यालयकै ईन्जिनियर र प्राविधिकले साईड हेरेका थिए, भन्ने छ, कसरी हेरेका होलान, ‘नगर प्रमुख लिम्बुले भने, ‘यस्तो अनियमितता हुँदा पास किन गरेको होला ।’ भवन निर्माण कार्य सन्तोष जनक नभएकै कारण ठेकेदार कम्पनीको हालसम्म गरेको भुक्तानी रोक्ने निर्णय गरेको बताउदै उनले बजेट अनुसार भवन निर्माण कार्य र समाग्री प्रयोग नभए ठेकेदारलाई भुक्तानी नदिई कार्बाही गर्ने चेतावनी दिनुभयो । तर निर्माण कम्पनी जोशी विल्र्डस प्रालिका संचालक गणेश दत्त जोशीले भवन निर्माणमा कुनै कसर बाँकी नराखिएको बताए । ‘भवन हामीले पुरै स्टमेट अनुसार बनाएका छौँ, ‘उनले भने, ‘कसैले हचुवा भरमा गुणस्तहिन छ भन्दैमा कहाँ हुन्छ, गुणस्तहिन छ वा छैन त्यो नापजाँच गर्ने आधिकारिक निकाय चाहियो ।’ संचालक जोशीले भवनको हस्तान्तण भईरहेको बताउँदै काम गरे बाफत १ करोड भुक्तानी लिनुपर्ने बाँकी रहेको बताए । ‘एक बर्षभित्र हाम्रो मर्मतको दायित्व हुन्छ, ‘उनले भने, ‘त्यो बाहेक सबै गुणस्तर नै छ, आरोपका लागि आरोप लगाउने काम मात्रै हो ।’
नव निर्वाचित जनप्रतिनिधीले प्रशासकीय भवन निर्माणमा अनियमितता भएको भन्दै भुक्तानी रोक्ने निर्णयसंगै अन्य निर्णय पनि गरेका छन ।
नगर प्रमुख लिम्बले समाजिक सुरक्षा भत्ता घर घरमा पु¥याउने, सुत्केरी महिलालाई निःशुल्क महाकाली प्रादेशिक अस्पताल पु¥याउने, ल्याउने, नगरभरीका गर्भवती महिलाको वडामै निःशुल्क स्वास्थ्य चेकजाँच गराउने निर्णय गरिएको बताए ।
‘नगरका सबै वडा कार्यालयमा भवन निर्माणका लागि निर्णय गरेका छौँ, ‘नगर प्रमुख लिम्बुले भने, ‘जनतालाई वडाबाटै सिहदरबारका अनुभुती दिलाउँछौँ ।’ नगर प्रमुख लिम्बुले जनतालाई वाढीको जोखिमबाट जोगाउनका लागि महाकाली जोगबुढा नदीमा तटबन्ध निर्माणदेखि किसानको अन्नबाली सुरक्षित पार्नका लागि छापा पशुचौपाया नियन्त्रणका योजना अघि सारेको बताए । उनले निजी भन्दा सरकारी विद्यालयको गुणस्तर सुधारका लागि कार्यक्रम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रममा नगर उप प्रमुख गंगा जोशीले नगरका महिलालाई आत्मनिर्भर र हिन्साबाट मुक्ति दिलाउनका लागि सीपमुलुक तालिम प्रदान गर्दै आयआर्जनका लागि कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जाहेर गरिन् । पहिलो निर्णय सार्वजनिक कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य सहितको सहभागिता रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी