२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
संघीय सरकारले आगामी आर्थिक बर्ष २०७९÷०८० का लागि ल्याएको बजेटमा कञ्चनपुरमा केही पुराना योजना समेटिएका छन । केही छुटेका छन, केही नयाँ थप भएका छन ।
अर्थमन्त्री जनार्दशन शर्मा प्रभावकरले आइतबार संघीय संसदमा प्रस्तुत गरेको बजेट वक्तव्य अनुसार चालु आर्थिक बर्षमा गौरबको योजना अन्र्तरगत घोषणा गरिएको महाकाली तेस्रो चरणको नहर निर्माणका लागि बजेट बृद्धि गरिएको छ ।
चालु आर्थिक बर्षमा महाकाली तेस्रो चरणका लागि १ अर्ब २५ करोड विनियोजन गरिएको थियो । आगामी आर्थिक बर्ष ०७९÷०८० मा २७ करोड बृद्धि गरेर १ अर्ब ५२ करोड विनियोजन गरिएको छ । झण्डै डेढ दशकदेखि निर्माण कार्य शुरु भएको महाकाली तेस्रो चरणमा हाल १३किलोमिटर निर्माण कार्य सम्पन्न भएको छ । बाँकी निर्माणकार्य जारी छ । बजेट अभावकै कारण महाकाली तेस्रो चरण कछुवा गतिमा छन ।
निर्माणाधिन दोधाराचाँदनी जोड्ने मोटरेबल चार लेन महाकाली पक्की पुल निर्माणका लागि ४१ करोड विनियोजन गरेको छ ।
आर्थिक बर्ष २०७७÷०७८ मा ८८ करोड, चालु आर्थिक बर्षमा महाकाली पुल ९० करोड विनियोजन गरेको थियो । हालसम्म पुल निर्माण कार्य ७० प्रतिशत सकिएको छ । बाँकी काम गर्नका लागि थप १अर्ब चाहिने महाकाली पुल स्रोतले जनाएको छ । ‘यस बर्ष तटबन्धको थप काम हुने छ, ‘महाकाली पुल कर्मचारी स्रोतले भन्यो, हामीले मागेको १अर्ब ३२ करोडको बजेट सुन्नमा आए अनुसार ४१करोड मात्रै देखियो ।’
कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र विस्तारका लागि स्पष्ट बजेट सुनिश्चिता गरिएको छैन । दैजी औद्योगिक क्षेत्रको पुर्वाधारका लागि बजेट विनियोजन गरिएको घोषणा गरिएपनि कती बजेट उल्लेख गरिएको छैन । चालु बर्षमा दैज औद्योगिक क्षेत्रलाई दुई बर्ष भित्रै औद्योगिक पूर्वाधार निर्माण गर्ने घोषणा गरिएको थियो । १० फागुन ०७८ मा तत्तकालिन प्रधानमन्त्री केपी शर्मा ओली छेला औद्योगिक क्षेत्रको उद्घाटन गरेका थिए ।
यस्तै दोधाराचाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाह निर्माणका लागि समेत बजेटको सुनिश्चिता गरिएको छैन । सुख्खा बन्दरगाहको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाईने उल्लेख मात्रै गरिएको छ । बजेट एकिन गरिएको छैन ।
महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालय अन्र्तरगत सहकार्य गरेर मेडिक कलेज शिक्षण कलेजकै रुपमा अघि बढाउने योजना अघि सारिएको छ । महाकाली नदी सहितका ठुला नदी नियन्त्रणका लागि ३ अर्ब १९ करोड, विनियोजन गरेको छ ।
सीमावर्ती क्षेत्रका शहरलाई आर्थिक गतिबिधीका केन्द्र बनाउने योजना अनुरुप कञ्चनपुरको बेलौरी र दोधाराचाँदनीलाई सीमा क्षेत्र शहरी विकास कार्यक्रम संचालन हुने भएका छन ।
चालु बर्षमा कञ्चनपुरदेखि दार्चुला जोड्ने महाकाली करिडोरका लागि ब्रम्हदेबदेखि तिङकरका लागि १ अर्ब ३ करोड विनियोजन भएपछि आगामी आर्थिक बर्षमा बजेट विनियोजन भएको छैन । पुर्वपश्चिम तराई भएर जोड्ने हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड बिनियोजन मध्ये यस पटक ६ अर्ब मात्रै विनियोजन भएको छ ।
कञ्चनपुरमा निर्माणाधिन ६२ किलोमिटर हुलाकी सडक अधुरै रहेको छ । पाँच बर्ष अघि कञ्चनपुरको पुर्नवास नगरपालिका ११डोकेबजार–पुनर्वास–बेलौरी–बेलडाँडी हुँदै दैजी जोड्ने ६२ किलोमिटर हुलाकी सडक अझै निर्माण सम्पन्न भएको छैन । कञ्चनपुरमा समेत संचालित रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरणका लागि ५ अर्ब ९०करोड , उखु किसानको अनुदानका लागि ८१ करोड र प्रधानमन्त्री नेपाली उत्पादन एव उपभोग अभिबृद्धि कार्यक्रम ३ अर्ब ४५ करोड र सातै प्रदेशमा बिजनेस ईन्कुबेस सेन्टर २६ करोड र सबै प्रदेशका डाईलासिस मेसिन खरिदका लागि २० करोड बजेट विनियोजनसंगै कञ्चनपुर समेत लाभान्वित हुनेछन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी