२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
विश्व दुध दिवसको अवसरमा कञ्चनपुर महेन्द्रनगरमा प्रभातफेरी गरिएको छ । बुधबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दिवसको अवसर पारेर जनचेतनामुलक प्रभातफेरी गरिएको हो ।
मध्यपान घटाऔँ, दुद्यपान बढाऔँ सहितका जनचेतनामुलक नारा सहित दिवस मनाईएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख डा. पानसिह ठगुन्नाले स्वास्थ्यका लागि चाहिने दुग्धजन्य पदार्थबारे सचेतना गराउने उदेश्यले र्याली निकालिएको बताए ।
पशु सेवा विभागका निर्वतमान सह सचिव डा. डिकरदेव भट्टले दुधको महत्व र उदेश्य बारे प्रष्ट्याएका थिए । भने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सुचना अधिकारी महेन्द्र पाण्डेले जिल्लामा दुध बृद्धिका लागि कार्यालयका तर्फबाट पहल गर्ने बताएका छन ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट शुरु भएको ¥याली बजारमा परिक्रमा गरेर पुन कार्यालयसम्म निकालिएको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी