२०८१ मंसिर ११, मंगलबार
कञ्चनपुर:
नेपाल विद्यार्थी संघ कञ्चनपुरका युवा नेता पवन नेपाली कञ्चनपुरको बेदकोट नगपालिका कार्यपालिका सदस्यमा निर्वाचित भएका छन ।
बेदकोट नगरपालिका कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा नेवि संघ नेता नेपाली कार्यपालिका सदस्यमा निर्बिरोध निर्वाचित भएका हुन । बेदकोट काँग्रेस सचिव समेत रहेका नेपालीलाई पार्टीले कार्यपालिका सदस्यका लागि अघि सारेको थियो । नेपालीसंगै महिलाबाट हिरा अवस्थी, जयन्ती पन्त, तारा डगौरा, रामरती राना, पार्वती विष्ट र दलितबाट कृष्णमान भुल र प्रकास दमाई निर्वाचित भएका छन । निर्वाचित कार्यपालिका सदस्यलाई निर्वाचन अधिकृत जयन्ती अवस्थीले प्रमाण पत्र वितरण गरेका छन । नगर प्रमुख भोजराज बोहराले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन । बाल अधिकार, दलित समुदायको अधिकारदेखि विद्यार्थीको हकहितका लागि सानै उमेरदेखि सकृय रहेका नेपालीले पार्टीले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्दै जनताको काममा खटिने बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी