२०८१ मंसिर ११, मंगलबार
कञ्चनपुर:
नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता नवराज ऐर यतिबेला जनताको घरदैलोमा गईरहेका छन । जनतालाई धन्यवाद एव अभार प्रकट गर्नका लागि माओवादी केन्द्रका नेता एव शुक्लाफाँटा नगर प्रमुखका उम्मेदवार ऐर जनताको घरदैलोमा गईरहेका हुन ।
३० बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनका लागि ऐर माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवार भएर गत बैशाख २६ गतेसम्म जनताको घरदैलोमा मत माग्न गएका थिए ।
जसरी चुनाव अघि भोट माग्न जनताको घरदैलोमा गएका नवराज निर्वाचन पछि पराजित भएर पनि जनताको घरदैलोमा गईरहेका छन । उनले शुक्लाफाँटा नगरका हरेक वडा बस्तीहरुमा पुगेर आफुलाई अमुल्य मत दिने आम मतदाता जनतालाई धन्यवाद दिदै हिडेका छन । आफु र पार्टीप्रति विश्वास गरेर मत दिनुभएको भन्दै आभार प्रकट तथा धन्यवाद ज्ञापन गरिरहेका छन ।
‘जितेपछि मात्रै जनताको घरमा जानु, धन्यवाद दिनु होईन, ‘नवराज ऐरले भने, ‘चुनावमा हारजित हुन्छ, तर हामीले जनताको मतको कदर सम्मान गनुपर्छ त्यसैले म जनताको घरदैलोमा पुगिरहेको छु ।’ नवराज ऐरले जुन राजनीतिक संस्कार अंगिकार गरेरका छन, त्यो राज नेतामा हुनुपर्ने विशेषता भएको स्थानीयले बताएका छन । शुक्लाफाँटाका स्थानीय युवा महेश अवस्थीले केही जनप्रतिनिधी जितेपछि आकास नै चुमेजस्तो गरि भोजभतेर, खानपिनमा जुटेपनि पराजित उम्मेदवार ऐर जनताको घरदैलोमा गएर धन्यवाद दिने कार्य सरानिय भएको बताएका छन । पुर्व क्रान्तिकारीका विद्यार्थी नेता ऐर पहिलो पटक चुनाव लडेका थिए । नगर चुनाव जितेसगै नमुना नगरपालिका बनाउने योजना अघि सारेका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी