२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
कञ्चनपुरको भीमदत्त नगपालिका १८ नम्बर वडामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार निडस नेपालले भीमदत्त नगरपालिका १८ नम्बर वडामा कार्यक्रमको प्रगति एव सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
कोभिड १९ बाट प्रभावित समुदायको लागि पुनरोत्थान परियोजना अन्र्तरगत सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको निडस नेपालले जनाएको छ ।
निड्स नेपाल पुनरोत्थान परियोजनाका संयोजक बिनोद कडाराले कोरोना महामारीका बेला महामारी रोकथामका लागि समुदाय स्तरमा गरेका कामकाजबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संयोजक कडराले महामारी रोकथाम एव प्रभावित समुदायका लागि राहत वितरण गरिएको बताए ।
कार्यक्रममा भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष रविन्द्र प्रसाद देवकोटाले महामारी नियन्त्रण र कोभिड प्रभावित समुदायको राहतका लागि निड्स नेपालले गरेको भूमिका सरानिय भएको बताए । कार्यक्रममा अध्यक्ष देवकोटा सहित कार्यपालिका सदस्य सिता भण्डारी, हेम बहादुर बस्नेत, पदम चन्द, रुपा सिलवाल, निड्सका तर्फबाट कार्यक्रम अधिकृत रोशनी धामी, अनुगमन तथा मुल्याङ्ककन अधिकृत चरण प्रशाद जोशी, कृषि प्राविधिक भावना जोशी, अस्मिता सिह लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले निड्स नेपालले कोरोना महामारीका बेला गरेको काम राम्रो भएकाले फेरीपनि गर्नुपर्नेमा जोडदिएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी