२०८१ मंसिर ९, आईतबार
भारतीय पक्षले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका ३ जमुनाभाडी क्षेत्रमा कब्जा गर्न खोजेको नेपाली भूमिमा नेपाल पक्षका अधिकारीले स्थलगत अनुगमन गरेका छन ।
बुधबार कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक सिह भण्डारी, सुरक्षा निकाय, जनप्रतिनिधी सहितले स्थलगत अनुगमन गरेका हुन ।
दोधाराचाँदनी नगरपालिका ३का वडाध्यक्ष हरिसिह घनाडीले भारतीय पक्षबाट कब्जा गर्न खोजेको नेपाली भूमिमा नेपालका तर्फबाट कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी अशोक सिह भण्डारी र भारतीय पक्षबाट एसएसबी कमान्डेन्ट बृजपाल सिह नेगी, बन विभागका राजेन्द्र मनरलले संयुक्त अनुगमन गर्दै विवादित क्षेत्रमा विवाद समाधान गर्ने पक्षमा देखिएका छन । भारतीय पक्षले नेपाली भूमिमै पोल गाडेर बृक्षारोपण गरेर नेपाली भूमि अतिक्रमण गर्ने भारतीय प्रपञ्चलाई नेपाली पक्षबाट परास्थ पारिएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी