२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । महेन्द्रनगरको हाई प्रोफाईल व्यक्ति जोडिएको बलात्कार मुद्दामा प्रहरीदेखि अदालतसम्मै बयान फेर्ने चलखेल भएको पाइएको छ । आफ्नै घरमा काम गर्ने १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका महेन्द्रनगरका सुशील चटौतको मुद्दाबारे हाल ललितपुर जिल्ला अदालतमा बकपत्र चलिरहेको छ ।
शक्तिको आडमा उनीहरुले बालिकालाई ‘होस्टाइल’ गरेर प्रहरीदेखि अदालतसम्मै बयान फेर्ने लगाएको खुलेको छ । अभियुक्त सुशीलका बुवा तीर्थराजको सम्बन्ध प्रधानमन्त्री कार्यालयसम्म छ ।
प्रधानमन्त्री कार्यालय हेर्ने राज्यमन्त्री उमेश श्रेष्ठ र उनी बझाङमा निर्माणाधीन तीनवटा जलविद्युत परियोजनाका लगानीकर्ता हुन् । चटौत महेन्द्रनगरस्थित तीन तारे होटल ओपेराका सञ्चालक पनि हुन् । २०५१ मा राप्रपा हुन अघिसम्म उनी काँग्रेसका नेता थिए । उनी प्रधानमन्त्री शेर बहादुर देउवाका विश्वासपात्रका मानिन्थे ।
सोही शक्तिको दुरुपयोग गरेर उनीहरुले बालात्कारजस्तो जघन्य अपराधमा संलग्न भएका छोरा सुशीललाई जोगाउन चलखेल गरेका हुन् ।
यसअघि २८ चैतमा ललितपुरको एक अस्पतालमा स्वास्थ्य परिक्षणको लागि राखिएका बेलासमेत बालिकालाई चटौत परिवारले अपहरण शैलीमा घर लिएका थिए ।
पीडक पक्षको राजनीतिक र आर्थिक पहुँचका कारण यो मुद्दा दबाउन खोजिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताउँदै आएका थिए ।
ललितपुरको महालक्ष्मी नगरपालिकाको महेन्द्र आदर्श माविकी एक शिक्षिकाले बालिकामा गम्भीर समस्या भएको आकलनसहित इमाडोल प्रहरी प्रभागमा बुझाइ दिएकी थिइन् ।
प्रहरीसँग बालिकाले केही नखुलाएपछि प्रभागले १० चैतमा संरक्षण दिएर र अनुसन्धानमा सहयोग पु¥याउन भन्दै बाल हेल्पलाइनलाई पत्रसहित बुझायो ।
पाँच दिनसम्म निरन्तरको मनोपरामर्शपछि बालिकाले बल्ल आफूमाथि तीन वर्षदेखि पटक पटक जबर्जस्ती करणी हुँदै आएको खुलाएकी थिइन् ।
बझाङकी १४ वर्षीया ती बालिका इमाडोलको ग्रिनहिल सिटीमा रहेको तीर्थराज चटौतको घरमा घरेलु कामदारको रूपमा बसेर पढ्दै आएकी थिइन् ।
तीर्थराजका छोरा सुशील चटौतले बालिकामाथि जबर्जस्ती करणी आरोपमा प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको थियो । हाल उनी पुर्पक्षको लागि थुनामा छन् ।
११ जेठमा बकपत्रको लागि जिल्ला अदालत ललितपुर पुग्दा पनि तीर्थराज चटौतले आफ्नै प्राडोमा राखेर बालिकालाई अदालत पुयाएका थिए ।
साभार : महेन्द्रनगर पोष्ट
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी