२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
सुदूरपश्चिम विश्विद्यालयले शुक्रबार(भोली) दोस्रो दिक्षान्त समारोह राखेको छ । पहिलो दिक्षान्त समारोह केन्द्रीय क्याम्पसमा गरेको थियो । दोस्रो केन्द्रीय कार्यालय महेन्द्रनगरमा गर्न लागेको छ । समारोहको तयारी पुरा भएको विश्वविद्यालयले जनाएको छ । सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले विश्वविद्यालयको १३औँ स्थापना दिवससंगै दोस्रो दिक्षान्त समारोह गर्न लागेको बताए । समारोह सम्पन्न गर्नका लागि रजिष्ट्रार यज्ञ राज पाठक नेतृत्वमा ३५ सदस्यीय मुल आयोजक समिति सदस्य एव विभिन्न उप समिति गठन गरिएका छन ।
केन्द्रीय क्याम्पसमा मात्रै अध्ययनरत विद्यार्थी दिक्षित हुनेछन । १हजार ५८ विद्यार्थी दिक्षित भएपनि ३ सय १८ विद्यार्थी मात्र ै कार्यक्रममा सहभागि हुनेछन । ०७७÷०७८ सम्म ब्याजका विद्यार्थी दिक्षित हुन लागेको रजिष्ट्रार पाठकले बताए । स्नातक र स्नाकोत्तर तहका विद्यार्थीलाई दिक्षित गराईनेछ । स्नाकोत्तरमा कुलपति पदक ४ जना, स्नातक तहमा उपकुलपति पदक ८ जना सहित स्नातक र स्नाकोत्तर तह गरी ५८ जना गोल्डमेडल पाउने भएका छन । ‘दुवै तह सबै संकाय टपर विद्यार्थीले गोल्डमेडल पाउने भएका छन, ‘रजिष्ट्रार पाठकले भने, ‘बाँकी विद्यार्थी स्वत दिक्षित हुनेछन ।’ रजिष्ट्रार पाठकले कुनैपनि विवादित निर्णय नगरिएको र नगर्ने दावि गरेका छन । सुदूरपश्चिम विश्विद्यालयलका उपकुलपति डा. अम्मराज जोशीले विद्यार्थी र विश्वविद्यालयका दिक्षित कार्यक्रम विशेष भएकाले उत्साहका साथ विद्यार्थी सहभागि भएको बताए । विश्वविद्यालय सिनेटबाट हरेक बर्ष फागुन २७ गते दिक्षान्त समारोह कार्यक्रम आयोजना गर्ने निर्णय भएपनि कोभिड महामारी सहित विवित कारणबाट हुन नसकेको बताए । अबदेखि निरन्तर नियमित कार्यतालिका अनुरुप दिक्षान्त समारोह हुने उपकुलपति जोशीले बताए ।
कार्यक्रममा प्रधानमन्त्री तथा सुप विश्वविद्यालयका कुलपति शेर बहादुर देउवा, शिक्षामन्त्री समेत रहेका सहकुलपति देवेन्द्र पौडेल सहित विश्वविद्यालयका पदाधिकारी सहभागि हुने छन । कुमाउ विश्वविद्यालयका कुलपति प्राध्यापक नरेन्द्र कुमार जोशीको प्रमुख आथित्यमा कार्यक्रम हुनेछन । यस अघि प्रथम दिक्षान्त समारोहमा पनि कुलपति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवा सहभागि भएका थिए । पत्रकार सम्मेलनमा उपकुलपति डा. जोशी, रजिष्ट्रार पाठक सहित परीक्षा नियन्त्रण देवसिह नाथ, सह नियन्त्रक बीर बहादुर सिह(ठकुरी), मुख्य प्रशासक भवानी पाण्डे सहितका पदाधिकारी एव कर्मचारीको सहभागिता रहेका थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी