२०८१ मंसिर ८, शनिबार
किशोर तामाङ, कञ्चनपुर , श्रावण २५
कञ्चनपुरको दक्षिणी क्षेत्र , पुनर्वास नगरपालिकामा शुभकामना साटासाट गर्दै २७ औँ अन्तराष्ट्रिय आदिवासी जनजाती दिवस पुनर्वास नगरपालिका १० बिकासबस्ती स्थित रानाथारु कचहरी घरमा सम्पन्न भएकोे छ ।
संयुक्त राष्ट्रसंघको सन १९९४ डिसेम्बर २३ मा बसेको महासभाले पहिलो पटक ९ अगस्ट लाई ‘विश्व आदिवासी दिवस’ का रूपमा मनाउने निर्णय गरेको थियो । कार्यदलको सुझावअनुसार सोही दिनको सम्झना गर्दै यो दिवस मनाउन थालिएको हो, जुन २७ औं वर्ष पुगेको छ ।
कोरोना कहर र यस कोभिड महामारीलाई मध्यनजर गर्दै पालिकाा भित्रका वडाहरुबाट सिमित अदिबासी जनजाति समुदायका प्रतिनिधि र अगुवाहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी प्रतिनिधिहरुले आफुहरुको हकहतिका लागि स्थापना काल देखि नै आवाज उठाउदै आएको भएता पनि अधिकारको सुनिश्चितता नभएको बताएका थिए ।
विश्वमा नै सँस्कृतीको धनी मानिने आदिवासी जनजाती समुदायको आर्थिक एवम शैक्षिक अवस्था भने नाजुक देखिन्छ । त्यसैले सरकारले दिने गरेको सेवा सुविधा समेत लिन नजानेको चन्द्र बहादुर मगरले बताउनु भयो । आदिवासी जनजातीले बर्षेनी मनाउदै आएको यो दिवस खाली साँस्कृतिक कार्यक्रममा मात्र सिमित भएको सहभागी बक्ताहरुको भनाई रहेको थियो ।
प्रमुख अतिथिको आशन बाट बोल्दै नगर प्रमुख जीवन राज थापाले नगरपालिका भित्र बिभिन्न समुदाय, जातजाती, धर्म तथा भेषभुसा भएका मानिस बसोबास गर्दै आएको र ती सबैको हकहति सँरक्षणका लागि आफु सदैब लागि परेको बताउनु भयो । नगरपालिका बाट हुने आर्थीक एवम प्राबिधिक सहयोग गर्ने
कोरोना महामारीका कारण साँस्कृतिक कार्यक्रम सहित भब्यताका साथ कार्यक्रम गर्न नसकिएता पनि आगामि दिनमा भब्य र सभ्य तरीकाले आदिवासी जनजाती दिवस मनाइने कार्यक्रमका सभापति तथा नेपाल आदीवासी जनजाती महासँघ पुनर्वास नगर समितिका अध्यक्ष धोखे रानाले बताउनु भयो ।
महासंघले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यबाट किनारामा पारिएका जातिलाई मूलधारमा स्थापित गर्न सकारात्मक विभेदको सिद्धान्त अपनाउनु पर्नेलगायत मुद्दा उठाउँदै आएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी