२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
स्थानीय तहमा नयाँ जनप्रतिनिधी निर्वाचित भएर आएको एक महिना पनि पुरा भएको छैन ।
गत बैशाख ३० मा सम्पन्न भएको निर्वाचनबाट नयाँ जिम्मेबारीमा आएका केही जनप्रतिनिधी जोस, जाँगरका साथ निर्वाचित भएपछि जनताको घर दैलोमा पुगेर विकास निर्माण एव जनताका सुखदुखमा जुटिरहेका छन । तर, भीमदत्त नगरका केही जनप्रतिनिधी भने कार्यालयमा पुगेर सोफासेटमै सुतिदिन्छन । भीमदत्त नगरपालिका ६ की वडा सदस्य शारदा देवी विश्वकर्मा वडाध्यक्ष महेन्द्र खडकाको कार्यकक्षमा मज्जाले कुम्भकरण शैलीमा सुतेकी छिन ।
स्रोतका अनुसार वडाध्यक्ष खडका नगरको प्रवक्ता भएकाले कार्यालय बाहिर गएका बेला उनी जनताको काम भन्दा निन्द्रालाई प्यारो मानेर सुत्दै आएकी छिन । सरकारी कार्यालय सुत्नका लागि हो कि, जनताको सेवाका लागि राखिएको ।
चुनाव जितेको हुर्मतले सरकारी कार्यालयमा दिउँसै सुतेर घरजस्तो बनाएको भन्दै उनको स्थानीय सेवाग्राहीले आलोचना गरिरहेका छन । चुनाव अघि रातदिन जनताको घरदैलोमा जाने र चुनाव जितेपछि जनताको काम भन्दा पनि कार्यालयमै सुतेर टाईमपास गर्ने जनप्रतिनिधीको कार्यप्रति नागरिक रुष्ट रहेका छन । यस बारेमा वडाध्यक्ष महेन्द्र खडकाले आफ्नो कार्यकक्षमा वडा सदस्य सुतेको बारे थाह नभएको बताउदै, त्यसो भए वडा सदस्यलाई बोलाएर सचेत गराउने बताए । वडा सदस्य कार्यालयमा सुतेको देखेर सेवाग्राहीले फोटो खिच्दै सार्वजनिक गर्दै उनको बिरोध गरेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी