२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर:
महेन्द्र स्मारक भन्ने बित्तिकै सुदुरपश्चिमका प्राय जसोले नेताले भाषण गर्ने स्थल, मनोरन्जनका कार्यक्रम होश अथवा एनजिओ आईएनजिओले कार्याक्रम गर्ने स्थान भनेर चिनिन्छ । महेन्द्रनगर बजारको मुटुमा अवस्थीत मेनलाईनको बिच भागमा करिव पाँच सात बिघाहमा रहेको स्थानको बिचमा २०६२ साल अघि सम्म थियो जनप्रेमी स्व राजा महेन्द्रको शालिक हाल जिर्ण अवस्थामा रहेको देख्न पाईन्छ । दोस्रो जनआन्दोलन २०६२÷०६३ का बेला आन्दोलनरत राजनितिक दलहरुले फुटाएको उक्त स्व. राजा महेन्द्रको शालिक पुनं निमार्ण गर्न लागीएको छ । २०६२ पछि खालीरहेको उत्त स्थानमा महेन्द्र स्मारकमा स्व राजा महेन्द्रको सालिक पुनं राखिने भएको हो ।
महेन्द्र स्मारकमा हाल शालिकको स्थानमा राष्ट्रिय झण्डा राखिएको छ । जेठ २९ गते स्व राजा महेन्द्रको जन्मदिनको अवसर पारेर शालिक राखिने भनिएतापनि शालिक निर्माण हुन ढिला भएका कारण आउदो दशै भित्र राखिने भएको छ । सालिक पुनर्निर्माण समिति महेन्द्रनगरले निर्माणको काम अन्तीम तिर रहेको जनाएको छ । इतिहास बचाउने भन्दै राजा महेन्द्रको जनआन्दोलनका बेला भत्काइएको शालिक फेरि राखिन लागिएको सालिक पुनर्निर्माण समितिका संयोजक पुस्कर शाहीले बताए ।
महेन्द्र स्मारकमा २०४२ सालमा स्व राजा बिरेन्द्रको महेन्द्रनगर भ्रमण सवारीका बेला महेन्द्रनगर नगर पञ्चायतका प्रधान पञ्च धर्मराज जोशीको पहलमा तत्कालीन महाकाली अञ्चलका अञ्चलाधिस समुद्ध केशर पण्डित सहितको उपस्थीतीमा स्व राजा महेन्द्रको सालिक र हाल महेन्द्रनगर पार्क ( महेन्द्रनगर पञ्चायत पार्क ) लाई अनावरण र उदघाटन स्वर्गीय राजा बिरेन्द्रले गरेको कञ्चनपुरका साहित्यकार हेमबाबु लेखकले बताए । हाल सम्म पनि उक्त स्थानलाई महेन्द्र स्मारक भन्ने गरीन्छ ।
‘शासन व्यवस्था जेसुकै आए पनि ऐतिहासिक महत्वका चिजको संरक्षण गर्न शालिक तथा अन्य सम्पदाहरुलाई जर्गेणा गर्नु पर्दछ ।,’ लेखकले भने । हामी र हाम्रो पछाडिको भाबी पिँढीलाई नेपाली इतिहासमा को कस्ता राजा थिए । कुन कस्ता शासकबाट राम्रा के काम भए भन्नेबारे जानकारी दिन आवश्यक रहेको उनको भनाइ छ ।
नेपालमा राज परिवारको सासनकालमा भएका ऐतिहासिक कार्यहरु जनताले कहिले भुलेका छैनन् राप्रपा नेता तथा तत्कालिन प्रधान पञ्च धर्मराज जोशी आफ्नो कार्यकालमा हरेक जनताले राज्यबाट पाउने सुबिधाको प्रयोग, तथा जनतालाई राष्ट्र प्रतिको प्रेम आज देख्न नपाएकोमा पिडा बोध ब्यक्त गर्न भयो । २०३९ साल देखी २०४७ साल असार सम्म प्रधान पञ्च भै जनताको सेवामा कुनै कसर नराखेको उनि बताउछन । महेन्द्रनगर बजारको ब्यवस्थापन, महेन्द्रनगरका सडकको स्तरउन्नती, महेन्द्रनगर पार्क महेन्द्र स्मारक लगायत थुपै्र कार्यहरु गरेको उनले बताए ।
ईतिहास त्यसै मेटिदैन हामीले ईतिहास बारे पछिको पुस्तालाई बताउन पनि ऐतिहासिक कुराहरुको जर्गेना गर्नुपर्ने राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले बताउछन । ‘जुनसुकै विचार दर्शन अवलम्बन गरिए पनि देशको निम्ति विशिष्ट योगदान पुयाउने महायोद्धाहरुको स्मरण गर्ने परम्परा विश्वव्यापी रुपमा चलिआएको छ । त्यसैले इतिहासको त्यस्तो आदर्श तथ्यलाई भुलेर शालिक स्थापनाको गर्नुपर्नेमा जोड दिए । इतिहास उसै मेटिन्न र ऐतिहासिक व्यक्तिहरुद्वारा प्रस्तुत भएका स्मरणीय विषय विधि उसै मर्दैनन् भन्ने कुरा सबैले बुझ्नुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ ।’ चन्दले भने । राजा सबैका साझा हुन राजनितिक पार्टि भन्दा पनि सम्पुर्ण महेनद्रनगर बासिको योगदानमा शालिक राखिने उनले बताए । भिमदत्तनगर पालिका, लगायत विभिन्न दलहरु संग समून्वय गरेर शालिक अनावरण गरिने उनले बताए । सालिक निर्माणका लागि स्थानीय जनताहरुले सहयोग आइरहेको राप्रपा कञ्चनपुरका कोषाध्यक्ष दिनेश श्रेष्ठले बताए । महेन्द्रनगरका स्थानीयले स्वस्फूर्त रुपमा आर्थिक सहयोग गरिरहेको उनले बताए । राजा सबैका साझा भएकाले महेन्द्र स्मारकमा राजा महेन्द्र कै सालिक स्थापना गरिनुपर्ने बताएपछी स्थानीय युवाहरु मिलेर सालिक स्थापना गर्न लागेको उनले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी