२०८१ मंसिर ६, बिहिबार
वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा
गत चैतमा भीमदत्त नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष मदन बहादुर चन्दको बनभोज खान गएको बेला अचानक निधन भएको थियो । अध्यक्ष को निधन पछि वडा सदस्य राधिका थापाले कार्यभार अध्यक्षको जिम्मेवारी पाएकी हुन् । स्थानीय तह निर्वाचनमा गएका बेला गरिएका वाचा र वडा बासिको समस्या अनुसार विकास निर्माणलाई प्राथमिकतामा राखी काम गरिरहेको र स्वर्गिय अध्यक्ष चन्दले गरेको काम आत्मसात गरी अघि बढि रहेको अध्यक्ष थापा बताउछिन । जम्मा १३ टोल भएको वडाका वासिन्दाको आर्थिक अवस्था सुधार गर्न वडामा विकास निर्माण अन्तर्गत सडक कालोपत्रे, ग्राभेलि, नयाँ बाटोे खोल्ने, विद्युत विस्तार, ढल निकास, शिक्षा क्षेत्रमा सुधार, निःशुल्क स्वास्थ शिविर, स्वास्थ सेवा केन्द्र स्थापना गर्ने लगायतका कार्यक्रम गरिएका छन् । व्यवसायिक रुपमा सिँलाई बुनाइ तालिम, खेतिपाती, बाख्रा पालन ,भैंसी पालन, कुखुरा पालन, च्याउ खेतीका तालिम दिएर अनुदान समेत दिइएको छ । ‘निर्वाचनबाट निर्वाचित भइ सकेपछि अध्यक्ष सहित पाँचै जनाले कार्यभार सम्हालेका थिए, जनताको सेवामा खटि रहेका बेलामा अचानक अध्यक्षलाई गुमाउए पछि शोकलाई शक्तिमा रुपान्तरण गरि वडा वासीलाई अभिभावक को कमि हुन नदिई सेवा दिने लगायतका कार्यलाई निरन्तर रुपमा सक्रिय भएर अघि बढि रहेको अध्यक्ष थापाले बताइन । राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय सबैसङ्ग समन्वय र सहकार्य गरी वडाको विकासका लागि अघि बढि रहेको विकास निर्माण, सेवा प्रवाहको अवस्था, त्यसका चुनौती लगायतका विभिन्न विषयमा छलफल भइरहने र महिला अध्यक्ष भएकै कारण कतिपय ठाँउमा काम गर्न असहज बाताबरण सृजना भएता पनि आफ्नो कर्तव्य र जिम्मेवारी कुनै पनि हालत मा जति सुकै बाधा अर्चन आएपनी सदैब वडा बासिको सेवा गरिरहने मेरो कर्तव्य हो , त्ययसका लागि सबैले साथ दिन पनि अध्यक्ष थापा अनुरोध गर्छिन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी