२०८१ मंसिर ९, आईतबार
खुलेरै पिताम्बर सहित उनको प्यानलाई मत दिन आब्हान
कञ्चनपुर:
कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि २५ असारमा हुने निर्वाचनमा पिताम्बर जोशी प्यानलले पत्रकार सम्मेलन मार्फत एजेण्डा घोषणा गरेको छ ।
शनिबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै पिताम्बर जोशी प्यानलले एजेण्डा घोषणा गरेको हो । एजेण्डा घोषणा कार्यक्रममा अध्यक्षका प्रत्यासी जोशीले निजी क्षेत्रको संस्थागत विकास गर्दै जिल्लाका आम उद्योगी व्यवसायीका साझा समस्या समाधान गर्दै, व्यापार उद्योग प्रर्बद्धनको संस्थागत विकास गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
‘मलाई अधिकाँस पुर्व अध्यक्ष एव पदाधिकारी ज्यूहरुको साथ सर्मथन छ, ‘उनले भने, ‘संस्थामा संस्कारको विकास गराउन म बरिष्ठ उपाध्यक्षबाट अध्यक्षमा चुनावमा होमिएको छु ।’ जोशीले आफ्नै प्यानलका चार पदाधिकारी यस अघि नै निर्वाचित भएको बताए । बरिष्ठ उपाध्यक्षमा दिनेश मल्ल, उद्योग उपाध्यक्ष सुरेश गुरुङ्ग, सचिव राहुल भट्ट र कोषाध्यक्षमा नवराज जोशी निर्विरोध निर्वाचित भएका छन । अब अध्यक्षका लागि पिताम्बर जोशी सहित उनको प्यानलबाट वाणिज्य उपाध्यक्ष धर्मसिह रावल र महासचिव खगेश्वर बोहरा चुनावमा होमिएका छन ।
पत्रकार सम्मेलनमा वाणिज्य संघका केही पुर्व अध्यक्ष एव पदाधिकारीले पिताम्बर जोशी प्यानललाई साथ सर्मथन रहेको घोषणा गरेका छन । पुर्व अध्यक्ष माधव प्रशाद भट्टले संस्थागत विकास र संस्कारका लागि एक पटक बरिष्ठ उपाध्यक्ष भईसकेका युवा उद्यमी व्यवसायी पिताम्बर जोशीलाई जिताउन आब्हान गरेका छन । ‘यो टिमलाई वाणिज्य संघमा ल्याउनुपर्छ, ‘उनले भने, ‘संस्था, आम व्यवसायी उद्योगीको हित र संस्थागत विकास गर्न जरुरी छ ।’
वाणिज्य संघका निर्वतमान अध्यक्ष जंग बहादुर मल्लले अहिलेको आवश्यकता अनुरुप पिताम्बर जोशीको टिम निर्माण भएकाले संस्थाका विकासका लागि पिताम्बर जोशीको प्यानलार्ई बहुमतका लागि निर्वाचित गराउन आब्हान गरेका छन । पिताम्बर जोशी प्यानलमा अब्बल पदाधिकारी आएको भन्दै उनले सहयोगका लागि अपिल समेत गरेका छन । पत्रकार सम्मेलनमा महासचिव खगेश्वर प्रशाद बोहराले प्यानलले अघि सारेको घोषणा पत्र सार्वजनिक गर्दै साना, ठुला सबै उद्योगी व्यवसायीको हकहितका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । महासचिव पदका उम्मेदवार बोहराले घोषणा गरेको प्रतिबद्धता पत्र यस्तो छ ।
–जिल्ला भरीका उद्यमी व्यवसायीहरुका बिवरण अद्यावधिक रुपमा संकलन गरी सबै साना, ठुला सदस्यरुको समस्याहरुको पहल कदमी गर्ने, उद्यमी व्यवसायीहरुका कर, भन्सार, स्थानिय कर, आन्तरिक ओसार पसार लगायतका बिषयमा सहजिकरण गर्नका लागि स्थानिय सरकार,जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजश्व कार्यालय, भन्सार कार्यालय संग सगदृढ एवं समन्वयकारी भुमीकामा निर्वाह गर्ने, व्यवसायिक छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ , महासंघको प्रदेश कार्यकारिणी समितिमा कञ्चनपुर उद्योग बाणिज्य संघको बढि भन्दा बढि प्रतिनिधित्व गराउने, कञ्चनपुर जिल्ला तथा सूदुरपश्चिम प्रदेशमा उत्पादित वस्तुलाई भारत लगायत अन्य देशमा निर्यातका लागि व्यापार तथा निकासी प्रवद्र्न केन्द्रको क्षेत्रिय सम्पर्क कार्यालय महेन्द्रनगरमा स्थापना गर्न पहल गर्ने, कञ्चनपुर उद्योग बाणिज्य संघको स्थायी आय स्रोत लागि ठोस योजना ल्याउने, जिल्लामा सार्वजनिक निजी सहकारी कार्यक्रम अन्र्तरगत एक नमुना उद्योग एवं व्यवसायहरु संचालनमा गर्ने, संघका सदस्यलाई सूचनाको अभावका कारण पर्ने व्यवसायक दुविधा समाधान गर्न तथा नयाँ सूचना, नयाँ नीति समयमै प्राप्तहोस भन्नका लागि अभिमुखिकरण तालिमको आयोजना गरिनुका साथै विद्युतिय सूचना गृहको स्थापना गर्ने, उद्यमी, व्यवसायीलाई आवश्यक पर्ने लेखा व्यवस्थान, कर व्यवस्थापन , स्टोर व्यवस्थापन लगायतका बिषय एवं क्षेत्रमा दक्ष जनशक्ति निर्माण गरि जनशिक्ती बैंकको स्थापाना गर्ने , निर्माणधिन मझगाउँ एयरपोर्टलाई समयमा सम्पन्न गराउन र वायु सेवा संचालनका लागि सरोकारवाला निकायसंग आवश्यक पहल कदमी गर्ने, संघले बारम्बार उठाउदै आएको दैजी छेला औद्योगिक क्षेत्र तथा दोधाराचादनी सुख्खा बन्दरगाह निर्माण एवं संचालनका लागि तथा स्वदेशी एवं विदेशी लगानी भित्रयाउन तदारुकताका साथ पहल पर्ने, कञ्चनपुरको समग्र आर्थिक सामाजिक विकासका लागि जिल्लाका संघिय माननिय, प्रदेश माननिय, राजनीतिक दल स्थानीय सरकारका प्रमुख , उपप्रमुखसंग समन्वय गरि समृद्ध जिल्लाका लागि एकृकित एवं दिर्घकालिन योजना निमार्णका लागि समन्वयकारी भुमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरिएको छ । यसैगरी भारतिय सिमामा देखिएका व्यापारिक समस्या, न्यूनिकरण एवं समाधानका लागि भारतिय प्रहरी प्रशासन तथा नेतागण , भारतिय व्यापार संगठनहरु वीच नियमति समन्वयात्मक बैठकको आयोजना गर्ने, बाणिज्य संघका पूर्व अध्यक्ष, पर्व पदाधिकारी एवं पुर्व सदस्यहरुको ज्ञान र अनुभवलाई अधिक्तम उपयोग गर्नका लागि छुट्टै फरोम गठन स्थापना गर्ने, –जिल्लाका विभिन्न नगर उद्योग बाणिज्य संघहरु, बिषयगत संघहरु, व्यवासायी संघ–संगठनहरुसंग समुधुर समन्वय स्थापित गरी अभिभाकत्व लिने, मास व्यवसायी बिमाका लागि पहल गर्ने, साना व्यवसायीको सुरक्षा र प्रवद्र्धनका लागि वित्तिय संस्था र स्थानिय सरकारसंग समन्वय र सहकार्य गर्ने, व्यवसायी व्यवसायी बीच डिजिटल माध्यमबाट जोडी परामर्श दिनका लागि डिजिटल मञ्चको स्थापना गर्ने, अनुसन्धान सहति व्यवसाय संचालन गर्न तालिम संचालन गर्नुका साथै नवसंचालित व्यवसायका लागि राणनितिक समस्या समाधान, बजार व्यवस्थापन , प्रचार प्रसार गर्न हेल्प डेक्सको स्थापना गर्ने, सदस्यको व्यवसायिक अभिवृद्धिका लागि ग्राहक सम्बन्ध ब्यवस्थापन, विक्रयकला , उद्यमशिलता विकास, व्यवसायिक योजना निर्माण गर्न गराउन अनुभवि प्रशिक्षक द्धारा नियमित रुपमा तालिम आयोजना गर्ने रहेका छन । वाणिज्य संघमा संस्थागत सहित सदस्य एव चार पदाधिकारीमा निर्बिरोध निर्वाचित भएका छन । तर, अध्यक्ष, वाणिज्य उपाध्यक्ष र महासचिव पदमा सहमती जुटेको छैन । तीनै पदमा निर्वाचत हुने भएको छ ।
Photos by @paschimaaja.com
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी