२०८१ मंसिर ८, शनिबार
वारीपारी प्रहरी भएकै स्थान झोलुङ्गेपुलबाट राती तस्करी !
कञ्चनपुर:
कञ्चनपुरका खुलेयाम तस्करी भईरहेको दोधारा झोगुङ्गेपुलकै एक उदाहरणले घामजस्तै छपस्र्टभएको छ । भारतबाट मलखाद, चिनी, हार्डवेयर, कपडा सहितका समान खुलेयाम तस्करी भईरहेका छन । कहिले सशस्त्र प्रहरी, कहिले प्रहरी भन्सार छेउबाटै र अन्य स्थानबाट समेत भन्सार नकाटेका अवैध समान बरामद गरिरहेको घटनाले समेत कञ्चनपुरमा तस्करी भईरहेको स्पष्ट पाईन्छ । ‘जिल्लादेखि दोधाराचाँदनी जोड्ने झोलुङ्गेपुलको वारी र वारी प्रहरीका चौकी छन । २४ सै घण्टा प्रहरी त्यहाँ खटिएका छन । तर, रातीका बेला मोटरसाईकल मार्फत तस्करी हुँदा समेत समातिदैनन, रोकिदैनन, ‘एक स्थानीयले भने, ‘यसमा कतै प्रहरीको मिलोमतो त छैन ।’ दुवै स्थानमा पुलकै छेउमा प्रहरी भएको स्थानबाट यसरी रातीका बेला खुलेयाम तस्करीले स्वयम प्रहरलाई जिस्क्याईरहेको छ, वा लाईन दिएको बारे उनले जिज्ञासा राखे । ‘नेपालमा मलखाद अभाव छ, त्यो सबैलाई सर्ववितितै छ, ‘तर किसानका लागि त व्यवहारिक रुपमा सबैले छुट दिएकै छन, ‘ति स्थानीयले भने, ‘रातीका बेला यसरी एकै मोटरसाईकलमा ३÷३ बोरा सहित समान तस्करी हुँदा प्रहरी किन चुपचाप ?’ सीमित सडक भाग्ने ठाँउ छैन, तर दुवै तर्फ प्रहरी हुँदा रातीका बेला तस्करी हुँनु कतै प्रहरीपनि राजस्व चुनावट वा गैर जिम्मेबारी काममा संलग्नन वा मिलोमतो छ छैन, ‘ति स्थानीयले भने, ‘कि प्रहरीको मिलोमतो छ, भन्नुपर्छ कि प्रहरी कुम्भकरणशैलीमा सुत्छन, तस्करले प्रहरी सुतेको मौकामा समान ओर्साछन ।’ यसरी राती राती झोलुङ्गेपुलबाट तस्करी हुँदा समेत प्रहरीले तस्करी नभएको नकार्दै आएका छन । तस्कर समुहकै कारण कञ्चनपुरमा अपेक्षित भन्सार राजस्व समेत संकलन हुन सकेको छैन । प्रहरीले सीमा क्षेत्र मुल ढोकामा सशस्त्र प्रहरी छ, त्यहाँबाटै समान रोकिए कसरी नेपाल भित्रिन्छ, भन्ने धारणा छ, सशस्त्र प्रहरीमाथि अघोषित रुपमा प्रहरीले तस्करलाई छुटदिएको प्रहरीले समातेर भन्सार बुझाउँदा सशस्त्र प्रहरीलाई नैतिक संकट परिरहेको दावि गर्दै आएका छन । केही व्यवसायीले भने गैर कानुनी एव भन्सार छलेर समान ल्याउँदा सशस्त्र प्रहरी र प्रहरीलाई लाईन दिन नसमात्ने नदिने समातेर भन्सार बुझाउने बेसारिसे देखाउने गर्दै आएको बताएका छन । कञ्चनपुरमा सशस्त्र प्रहरी र प्रहरीले राजस्व चुहावट, गैर कानुनी कामकाज रोक्दै आएको दावि गर्दै आएका छन । तर, पनि तस्करी भने सशस्त्र र प्रहरीकै छेउबाट हुँदा उनीहरुको दाविमा विश्वास लाग्ने कुरै भएन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिह चौधरीले त्यहाँबाट तस्करी भएको बारे अनुसन्धान गरिने कहाँबाट कसले गरिरहेको बारे खोजबिन गरिने बताए । यदी तस्करी नै भएको भए त्यहाँको प्रहरीले किन हेरेन ? हामीले तस्करी नियन्त्रण गर्न स्पष्ट निर्देशन जारी गरेका छौँ । त्यस बारेमा बुझ्छौँ । म आफै र सिडियोसाप सहित संयुक्त टोली पनि हिजो त्यहाँ ८÷९ बजे रातीसम्म थियौँ, तर केही देखिएन न त ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी