२०८१ मंसिर १०, सोमबार
कञ्चनपुर:
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरका सेवाग्राही दैनिक अनेकन समस्याको चाङ लिएर कार्यालय धाउँदै आएका छन । विद्युतको लार्पबाही, वेवास्ताका कारण बाध्य भएर विद्युत कार्यालय आएर कार्यालय प्रमुख समक्ष गुनासो पोखिरहेका छन । गर्मीका बेला विद्युतको लार्पबाहीले अध्यारोमा बस्नुपर्ने बाध्यता भन्दै सेवाग्राही आक्र्रोसित भएका छन । सेवाग्राही गणेश दत्त जोशीले नेपाल विद्यृुत प्राधिकरणको लापबाहीका कारण गर्मीका बेला सास्ती खेप्नु परेको बताए । ‘पुष्पलालचोकका रहेको ट्रान्समिटरमा आएको समस्या बारे बारम्बार विद्युतमा ताकेता गर्दा समेत केही समस्या समाधान भएन, ‘उनले भने, ‘आज जनप्रतिनिधी समेत ल्याएर विद्युत आएका छौँ ।’ अर्का सेवाग्राही कमल भट्टले विद्युतमा अतिरिक्त पैशा लिए पछि मात्रै कर्मचारीले सेवा प्रवाहमा चासो दिने गरेको बताए । ‘विद्युतका कर्मचारीले समस्या बताउँदा सकभर सुन्दै सुन्दैनन, ‘उनले भने, ‘सुनेपछि पनि घुस दिए मात्रै जे पनि काम गरिदिन्छन, हामीले पैशा नदिदा ट्रान्र्सफर मर्मत गरिदिएन हामी मारमा परेका छौँ ।’ भीनपा ६र ७का स्थानीय समेत विद्युतकै समस्या लिएर कार्यालय प्रमुखकहाँ आएका थिए । स्थानीय केशव भट्टले विद्युतको लार्पबाही समान्य मटर, पङखा समेत नचल्ने अवस्था सृजना भएको बताए । उनले तार नथपिदिदा समस्या खेप्नु परेको बताए । सरकारी कार्यालय यती भ्रष्ट भएकी सरकारले दिएको महिनावारी सेवा सुविधा भन्दा घुस नखादा काम नगरिदिने अवस्था सृजना भएको उनले भनाई छ । भीमदत्त नगरपालिका १८का वडाध्यक्ष रविन्द्र देवकोटाले आफ्नो वडामा देखिएको विद्युत समस्या बारे प्राधिकरणको गम्भिर ध्यानाकर्षण गराउँदै सबै समस्या समाधानकालागि पहल गरिदिन आग्रह गरेका छन । नेपाल विद्युत प्राधिकरण वितरण शाखा प्रमुख मनोज कुमार शर्माले पुष्पलाल चोकको विद्युत ट्रान्सफरको समस्या बारे अध्ययन गरेर उत्पन्न समस्या टारिने बताए । उनले विद्युतीय अन्य समस्या समेत समाधानका लागि प्राधिकरण लागि परेको बताए । विद्युतमा सेवाग्राहीले घुस बिना कुनैपनि काम नहुने गरेको तारन्तार गुनासो पोखिरहेका बेला न विद्युतले समस्या समाधान गर्न खोजेको छ, न अख्तियारले चासो देखाएको भन्दै सेवाग्राहीले सुशासन तर्फ ध्यान दिन अख्तियारको ध्यानाकर्षण गराएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी