२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
पश्चिम नेपालको कञ्चनपुर भन्सार कार्यालयले गत आर्थिक बर्षमा लक्ष्य अनुरुप राजस्व संकलन गर्न सकेको छैन । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक बर्ष २०७८÷०७९ मा लक्ष्य अनुरुप राजस्व संकलन गर्न नसकेको हो । भन्सार शुल्क, मुल्य अभिबृद्धि कर, अन्त शुल्क बाफत गरी ८७.५८ प्रतिशत मात्रै भन्सार राजस्व संकलन गरेको छ । मुल्य अभिबृद्धि कर मात्रै लक्ष्य भन्दा बढि अशुल भएको छ, भने भन्सार शुल्क र अन्त शुल्क राजस्व लक्ष्य भन्दा कम संकलन भएको छ । भन्सार तर्फ ७६.९०, मुल्य अभिबृद्धि कर तर्फ ११४.०४ र अन्तशुल्क मार्फत ७३.१२ प्रतिशत मात्रै राजस्व अशुली भएको छ । कञ्चनपुर भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक बर्षमा ५२ करोड, ७७ लाख ६० हजार भन्सार राजस्व सकलन गर्ने लक्ष्य रहेपनि ४६ करोड, २२ लाख, ३८ हजार मात्रै भन्सार संकलन भएको छ । लक्ष्य भन्दा ६ करोड, ५५ लाख, २२ हजार कम राजस्व संकलन भएको छ । गत आर्थिक बर्ष साउनदेखि मसिरसम्म लक्ष्य भन्दा बढि राजस्व संकलन गरेपछि पुषदेखि असारसम्म लक्ष्य भन्दा कम राजस्व सकलन गरेको छ । साउनमा १५९.९५, भदौँमा १४०.०९, असोजमा १४५.७१, कार्तिकमा ११०.११ र मसिरमा १०६.०७ प्रतिशत लक्ष्य भन्दा बढि राजस्व संकलन भएको छ । पुषदेखि भन्सार राजस्व संकलन ओरालोतर्फ गएको पाईन्छ । पुषमा ६७.०३, माघमा ६१.६९, फागुनमा ७१.३२, चैत्रमा ५८.७६, बैशाखमा ३१.२६, जेठमा ४३.४० र असारमा ५३.६०प्रतिशत राजस्व सकलन भएको छ । गत आर्थिक बर्षको बैशाखमा सबैभन्दा कम राजस्व संकलन भएको छ ।
स्थानीय तह निर्वाचनको महिना बैशाखमा ३१.२६ प्रतिशत मात्रै राजस्व संकलन भएको हो । भन्सार शुल्क तर्फ पनि राजस्व संकलन लक्ष्य अनुरुप भएको छैन । व्यवसायिक समान आयात निर्यात गरे बाफत व्यवसायीले तिनुपर्ने भन्सार शुल्क पनि गत आर्थिक बर्षमा लक्ष्य अनुरुप संकलन गर्न नसकेको हो । ३१ करोड ६४ लाख भन्सार शुल्क संकलन गर्ने लक्ष्य राखेपनि २४ करोड, ३३ लाख ५ हजार मात्रै सकलन गरेको छ । जबकी ७ करोड, ३ लाख ९५ हजार कम भन्सार शुल्क संकलन भएको छ । मुल्य अभिबृद्धि कर भने लक्ष्य भन्दा बढि संकलन भएको छ । १६ करोड, ३३ लाख, ५९ हजार मुल्य अभिबृद्धि कर संकलन गर्ने लक्ष्य भन्दा बढि १८ करोड, ६२ लाख, ९६ हजार राजस्व संकलन भएको छ । मुल्य अभिबृद्धि कर तर्फ २ करोड, २९लाख, ३७ हजार बढि राजस्व संकलन भएको छ । अन्तशुल्क तर्फ लक्ष्य भन्दा कम राजस्व संकलन भएको छ । १ करोड २६ लाख, ९९ हजार अन्तशुल्क बाफत राजस्व संकलन गर्ने लक्ष्य रहेपनि ९२ लाख, ८५ हजार मात्रै राजस्व संकलन भएको छ । निर्यात तर्फ भने भारी निरासाजनक अवस्था रहेको छ । नेपालमा उत्पादित बस्तु तथा सेवा बार्फत १ करोड, ५ लाख, १४ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेपनि २८ हजार मात्रै निर्यात बाफत राजस्व संकलन भएको छ । सो राजस्व संकलनबाट गड्डाचौकी भन्सार भएर न्यून समान बाह्य मुलुक निर्यात भएको देखाउँछ । यस्तै कञ्चनपुर भन्सार कार्यालयले आर्थिक बर्ष ०७५÷०७६ र ०७६÷०७७ मा लक्ष्य अनुरुप भन्सार राजस्व संकलन हुन नसेपछि अघिल्लो आर्थिक बर्ष २०७७÷०७८ मा लक्ष्य घटाएको थियो । आर्थिक बर्ष ०७५÷०७६ मा ४० करोड, १२ लाख ८४ हजार भन्सार राजस्व संकलन गर्ने लक्ष्य थियो, जमध्ये ३६ करोड, ६७ लाख ८८ हजार मात्रै राजस्व संकलन भयो, लक्ष्य भन्दा ३ करोड, ४४ लाख ९६ हजार कम राजस्व संकलन भयो, सो आर्थिक बर्ष ९१.४० प्रतिशत मात्रै लक्ष्य प्राप्ती भएको थियो । आर्थिक बर्ष २०७६÷०७७ मा पनि लक्ष्य भन्दा कम भन्सार राजस्व संकलन भएको थियो । ४८ करोड, ६८ लाख, ७५ हजार लक्ष्य लिएकोमा लक्ष्य भन्दा झण्डै आधा २६ करोड, २८ लाख, ९३ हजार मात्रै राजस्व संकलन भएको छ । २२ करोड, ३९ लाख ८२ हजार कम राजस्व संकलन भएको थियो । उक्त आर्थिक बर्षमा ५४ प्रतिशत मात्रै लक्ष्य पुरा भएको पाईन्छ । लगातार दुई आर्थिक बर्षमा भन्सार लक्ष्य अनुरुप कञ्चनपुर भन्सार कार्यालयले राजस्व संकलन गर्न नसकेपछि भन्सार विभागले अघिल्लो आर्थिक बर्ष २०७७÷०७८ मा आर्थिक ०७६÷७७ मा १३ करोड र आर्थिक बर्ष ०७५÷०७६ मा ५ करोड बढि राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, आर्थिक बर्ष २०७७÷०७८ मा दुई बर्ष अघिल्ला आर्थिक बर्षभन्दा लक्ष्य घटाएको थियो । लक्ष्य घटाएर मात्रै अघिल्लो आर्थिक बर्षमा भन्सार राजस्व संकलन भएको थियो । लक्ष्य भन्दा झण्डै १ करोड ७१ लख ३५ हजार बढि राजस्व संकलन भएको थियो । जटिबुडी, हस्तकलाका बस्तु तथा सेवा निर्यात हुने र दैनिक उपभोग्यका बस्तु तथा सेवा आयात हुने गरेको छ । भन्सार कार्यालयको तथ्याङ्क अनुसार लत्ता कपडा, महिला तथा किशोरीका कपडा, खेलकुद समाग्री, ईलेक्ट्रोनिक समाग्री हार्डवेयरका समान, चिनी, घरसायी समाग्री, फलफुल तरकारी लगायतका विभिन्न प्रकृतिका व्यवसायीक समाग्री आयात भएका छन । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले भन्सारले लक्ष्य अनुरुप राजस्व शुल्क संकलन गर्न नसक्नु दुखत विषय भएको बताए ।
वाणिज्य संघका अध्यक्ष जोशीले एलसी सहित रकम अभावका कारण कारोबार नै नभएको बताए । अध्यक्ष जोशीले दुई बर्ष कोरोना महाकारी, गत बर्ष बैशाखमा निर्वाचन सहित विवितका कारण नाका नियमित संचालन हुन नसक्दा आर्थिक गतिबिधी घट्दा र छोटी भन्सार संचालनमा नआउँदा भन्सार राजस्वमा कमि आएको बताए । यतातर्फ बनबासा पुल समय खुल्ने अवधि समेत बृद्धि गर्नुपर्ने बताए । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख धुव्रराज विश्वकर्माले थुप्रै कारणबाट लक्ष्य अनुरुप भन्सार राजस्व संकलन हुन नसकेको बताए । प्रमुख भन्सार अधिकृत विश्वकर्माले गत पुषदेखि राष्ट्रबैंकले विलासीताका बस्तु आर्यातमा कडाई गर्दै एलसी पत्र मार्फत समान आयात गर्ने प्रबन्ध गरेपछि राजस्व संकलनमा कमि आएको बताए । एलसी के हो ? बस्तु आयात निर्यातका लागि एलसी अर्थात आयातकर्ता देशको बैंक जमानत चाहिन्छ । आयातकर्ता देशको बैंकले निर्यातकर्ता देशको बैंकलाई रकम भुक्तानी हुने ग्यारेन्टी गर्ने प्रक्रियालाई नै लेटर अफ केडिट (एलसी) भनिन्छ । ‘एलसी साना व्यवसायी भन्दा पनि ठुला व्यवसायीका लागि हो, ‘उनले भने, ‘तर यहाँ फरक परिवेस छ सबै साईकलमा चलेको व्यवसायले सबैले एलसी मार्फत काम गरेनन, त्यही भएरपनि भन्सार राजस्व कम संकलन भयो ।’ सीमा क्षेत्रमा राजस्व चुहावट रोकथामका लागि कार्यरतसशस्त्र प्रहरीले पनि भन्सार चोरी तस्करीमा सन्तोषजनक काम गर्न नसकेको बताए । ‘भन्सारको साईड अन्य क्षेत्रबाट हुने तस्करी तस्करी रोक्न नसक्दा पनि भन्सारले लक्ष्य अनुरुप प्रगति गर्न सकेन, ‘उनले भने, ‘यसका लागि सबै निकाय गम्भिर हुनु जरुरी छ ।’ भन्सार ब्यारेलमै नासु स्तरका कर्मचारी खटाएको बताउदै उनले सबैले भन्सार काटेर मात्रै समान निर्यात गर्नुपर्ने बताए । ‘भन्सार राजस्व संकलनका लागि हामीले सुरक्षा निकायसंग कोडिनेशन गर्दै आएका छौँ, ‘प्रमुख भन्सार अधिकृत विश्वकर्माले भने, ‘चोरी पैठारी नियन्त्रण गर्दै भन्सार राजस्व संकलनमा सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुने भएकाले सहयोग गरिदिनुप¥यो ।’ तस्करको चुङ्गोगलबाट कञ्चनपुर मुक्त हुन नसक्दा भन्सारले लक्ष्य भेटाउन नसकेको स्थानीयको आँलकन छ । स्थानीयले भारतसंग खुला सीमा जोडिएको कञ्चनपुरका सयौँ किलोमिटर क्षेत्रमा खुले खुलेयाम तस्करीका कारण भन्सारले लक्ष्य पुरा गर्न नसकेको भन्दै तस्करमाथि निर्मम बन्नुपर्नेमा जोडदिएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी