२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
परशुराम नगरपालिका १ जोगबुढा डडेल्धुराका द्रोण प्रशाद भट्टराईले १५ बर्ष अघि यातायाता व्यवस्था कार्यालय महेन्द्रनगरबाट ठुला सवारी स्काभेटर सहित अन्य सवारी साधनको चालक अनुमती पत्र (लार्ईसेन्स) लिए । यातायात कार्यालयको लार्पबाही बदमासीले लाईसेन्सका सेवाग्राही भट्टराईलाई सास्ती खेप्नु परेको छ । यातायात व्यवस्था विभागले स्मार्ट लाईसेन्स लागु गरेपछि भट्टराई मारमा परेका हुन । पुरानो र नयाँ लाईसेन्स विवरण फरक परेपछि भट्टराईले सास्ती खेप्नु परेको छ । विगतमा ‘जे’ समुहमा अन्य राखिएको थियो । अहिले हटाएपछि उनलाई झन सास्ती खेप्नु परेको छ ।
भट्टराईको चालक अनुमति पत्र दर्ता किताब (ढडडामा)मा एक्साभेटर चयनवाला उल्लेख भएपनि माईन्युटमा उनको नाम नै विगारिदिएको छ । द्रोण प्रशाद भट्टराईको ठाँउमा आचार्य लेखेपछि थप समस्यामा परेका छन । विगत यातायात कार्यालय महेन्द्रनगरमा अन्य कर्मचारी थिए, अहिले पुरैसेट नयाँ आएपछि कार्यालयले माईन्यूटमा उल्लेख भए अनुरुप मात्रै चालक अनुमति पत्र दिन सकिने बताएपछि भट्टराई हैरान भएका छन । पटक पटक कार्यालयमा आउँदा कहिले माईन्यूट नदेखाउने कहिले ढड्डा नदेखाउने भन्दै उनले मंगलबार आफैले ढड्डा हेरेका थिए । भट्टराईले कार्यालय प्रमुख बिनोद माली समक्ष समेत आफुमाथि मार परेको विषयमा गुनासो पोखेका थिए । आफुलार्ई पशुराम नगरपालिकाको कर्मचारी बताउने भट्टराईले विगतमा लाईसेन्स लिनका लागि १लाख नगद घुस लिएको र अहिले ४० हजार मागिरहेको भन्दै लार्ईसेन्स सच्याउनका लागि कर्मचारीले आनाकानी गरिरहेको आरोप लगाए ।
‘मैले विगतमा स्काभेटरको लाईसेन्स बनाउन तत्तकालिन कार्यालय प्रमुख धर्मजङ्ग शाहीलाई नगदै १लाख दिएर बनाएको हुँ, ‘उनले भने, ‘अहिले त्यसको ट्रेन्ड ४० हजारमा झरेको रहेछ, कैलाली कञ्चनपुरमा पनि लिईरहेका छन ।’ कुन कर्मचारी वा विचौलियाले पैशा मागेको छ, भन्ने प्रशनमा उनीसंग उत्तर छैन । विगतमा पनि घुस दिएर लाईसेन्स बनाएकाले अहिले पनि यस्तै होला भनेर अनुमानका भरमा उनले भनिरहेका त छैनन् वा साच्चिकै लिईरहेका छन । यसमा थप आशंका उब्जाएको छ । उनलाई अहिले स्मार्ट लाईसेन्स दिनमा कार्यालय तयार छैन । ढड्डामा विवरण भएपनि माईन्यूटमा नाम नभएकाले दिन नसकेको जनाएको छ । कार्यालय प्रमुख बिनोद मालीले निवेदन दिन निर्देशन दिएका छन । ‘कार्यालयको अभिलेख भन्दा बाहिर गएर कसैलाई लाईसेन्स दिन मिल्दैन, ‘उनले भने, ‘एक निवेदन दिएर जानुहोस, हामी विवरण हेरेर अघि बढ्छौँ ।’ विगतमा १लाख र अहिले ४० हजार घुसको विषयमा कार्यालयमा प्रमुख मालीले विगतमा जे भयो हामीलाई थाहा हुँदैन, अहिलेको आरोप निराधार भएको बताए । तत्तकालिन अवस्थाका कर्मचारीका कारण भट्टराईलाई भने दुख खेप्नु परेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी