२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा क्षेत्रीय शहरी विकास आयोजना(एडिबी)का कार्यक्रममा बदमासी भएको पाईएको छ ।
क्षेत्रीय शहरी विकास आयोजना अन्र्तरगत निर्माण हुने कुनैपनि योजना सन्तोषजनक एव गुणस्तर नभएको स्थानीय बताउँछन । सडक र ढल निर्माण गर्दा गुणस्तहिन समाग्री प्रयोग गरिरहेका छन । भने नगरपालिकाको मुख्य प्रशासकीय भवनको पर्खाल समेत एक महिनामै भत्किएको थियो ।
आयोजनाका काममा कमिसन, चलखेलका कारण गुणस्तहिन भईरहेको स्थानीयको बुझाई छ । बजेट दोहनका लागि आयोजनाले प्रशासकीय भवनको पर्खाल निर्माणमा चरम लार्पबाही गर्दा समान्य रोलरले दवाउनेक्रममा पर्खाल नै भत्किएको छ । आयोजनाको काम भन्दै कागजमा ठिकठाक तर, फिल्डमा गुणस्तहिन बनाउने कामबाट स्थानीय सन्तृष्टी छैनन । निर्माण भएको महिना दिन नपुग्दै भत्किएको पर्खाल अझैपनि पुर्ननिर्माण भएको छैन । महिनादिनमै पर्खाल भत्किएपछि निर्माण कम्पनीले गुणस्तरहीन काम गरेकाले पर्खाल भत्किएको स्थानीयको आरोप छ ।
कमसल र गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेकाले नगर परिसरको पर्खाल भत्किएको स्थानीय बासुदेवी ऐरले बताइन । ‘यति ठूलो पर्खाल नबनाए पनि हुने थियो, बनाए पनि गुणस्तरीय रूपमा बनेको भए भत्किने थिएन, पर्खालको जग बलियो भएन,’ उनले भनिन । भवन निर्माणको जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीका आधिकारिक प्रतिनिधि रोशन भट्टले माटो फिलिङ गर्ने क्रममा टिप्परले गर्दा पर्खाल भत्किएको दाबी गरे ।
शहरी विकास आयोजनाका इन्जिनीयर मनोजकुमार झाले पर्खाल भत्किएको विषयमा जानकारी लिन खोज्दा गैरजिम्मेवार जवाफ दिएका छन । आफु विदामा रहेकाले त्यस बारेमा बोल्न नमिल्ने भन्दै उनले काममा दौरानमा टिप्पर पर्खालामा ढोकिएर भत्किएको बताए । शहरी विकास आयोजना गुणस्तहिन भईरहेका बेला ईन्जिनियर झा सहितका प्राविधिक नयाँ जनप्रतिनिधीको शंककाको घेरामा छन । कतै ईन्जिनियर,प्राविधिकले ठेकेदारबाट कमिसन खाएकाले गुणस्तहिन काम भईरहेको बारेमा थप आशंका गरेका छन । एडिबीबाट नगरमा संचालिन योजना गुणस्तहिन भएपछि नयाँ जनप्रतिनिधी समेत हैरान भएका छन । स्थानीयले समेत जनताको विकासका लागि आएको बजेटमा कमिसन, घुसखोरीदेखि गुणस्तहिन जस्ता काममा अनियमितता गर्ने कर्मचारी, ठेकेदारमाथि छानबिन गर्नुपर्ने माग अघि सारेका छन । अनियमितता हुने काममा अख्तियारले समेत ध्यान दिनुपर्ने अख्तियारसंग आग्रह गरेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी