२०८१ मंसिर १०, सोमबार
कञ्चनपुर:
कञ्चनपुरमा जंगली हात्तीको आतङ्क रोकिएको छैन । ६भदौँमा बेदकोट नगरपालिका १रडाहकी महिला दुर्गा महरामाथि आक्र्रमण गरेको एक सातापछि जंगली हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका ७सिमलफाँटाकी २२ बर्षिया महिला मिरा जोशीमाथि आक्र्रमण गरेको छ । सोमबार राती ८ बजेतिर हात्तीको बथानले जोशीमाथि आक्र्रमण गरेपछि मृत्यु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमै रहेको जोशीको घर नजिकै बाँसको झाँडीमा आएका हात्तीको बथानले जोशीमाथि आक्र्रमण गरेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले हात्तीको आक्र्रमणमा परेकी महिला जोशीको निधन भएको बताए । घटना स्थलमै निधन भएको जोशीको पोष्टमाष्टमका लागि महाकाली अस्पताल ल्याईएको छ । महिलाको हरितालिका तीजमै मुखमा मिराको हातीको आक्र्रमणबाट मृत्युसंगै उनको घरपरिवार छरछिमेकमा सन्नटा छाएको छ । शुक्लाफाँटा नगरका जनप्रतिनिधीले जंगली हात्तीले रहेक बर्ष शुक्लाफाँटा नगरका जनतामाथि र धनजनको क्षति गर्दा समेत सरकारी निकायबाट हात्तीको आक्र्रमण रोक्ने प्रयास नभएको चिन्ता व्यक्त गरेका छन । शुक्लाफाँटा नगरपालिका समाजिक विकास संयोजक बहादुर सिह महराले हरेक बर्ष हात्तीका घटना बढिरहेकोले नियन्त्रणका लागि आवश्यक योजना ल्याउनुपर्नेमा जोडदिए । यस अघि पनि शुक्लाफाँटा नगरमा हात्तीको आक्र्रमणका अन्य घटना भएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी