२०८१ मंसिर १०, सोमबार
कञ्चनपुर:
कञ्चनपुरको बेलडाँडी स्थानीष् सरकारले एक सय दिनमा गरेका कामकाज सार्वजनिक गरेको छ । बिहीबार कार्यालयमै पत्रकार सम्मेलन गरेर एक सय दिनमा गरेको कामकाजको सार्वजनिक गरेको हो । बेलडाँडी गाँउपालिका जनप्रतिनिधीले आफु निर्वाचित भएपछि सयदिनको अवधिमा गरेका काम विवरण सार्वजनिक गरेको छ । बेलडाँडी गाँउपालिका प्रवक्ता गज बहादुर विष्टले सय दिनको अवधिमा गाँउपालिका कार्यपालिकाले गरेका कामकाजको सार्वजनिक गर्दै केही उपलब्धीमुलक र केही पहल भईरहेको बताए । प्रवक्ता विष्टले सय दिनको अवधिमा स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधारदेखि विवित विषयमा कामकाज सम्पादन गरिएको बताए । अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणदेखि पोष्टमास्टमका कामकाज अघि बढाईएका छन । आँखा अस्पतालको शाखा विस्तार, रेडक्रसको शाखा विस्तारको योजना अघि सारेको छ । बेलडाँडीमा प्राविधिक शिक्षा संचालनदेखि विवित स्थानीय समस्या समाधानका लागि सम्बन्धीत मन्त्रालयमा ज्ञापन पत्र बुझाईएको छ । गाँउको समग्र शिक्षा, स्वाथ्य खानेपानी, पूर्वाधारदेखि संरक्षणका कामकाज शुरुगरिएका छन । बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले बेलडाँडीको स्वाथ्य, महिलाको बृद्धि विकासका लागि थुप्रै योजना अघि बढाएको बताउँदै, उनले स्वास्थ्य क्षेत्रमा थुप्रै सुधार भएको बताए । गाँउपालिका अध्यक्ष हरिशचन्द्र रानाले क्रमिक रुपमा गाँउको बृद्धि विकासका लागि पहल भईरहेको बताए । गाँउपालिका अध्यक्ष रानाले समग्र गाँउको विकासका लागि स्थानीय एव अन्य स्रोत परिचालन गरेरै भएपनि गरिने बताए । सय दिन पुगेपछि उक्त अवधिका गरेका कामकाज बारे पत्रकार सम्मेलन गरेर जानकारी गराउने सुदूरपश्चिम प्रदेशकै पहिलो पालिका बेलडाँडी भएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी