२०८१ मंसिर ९, आईतबार
कंचनपुर:
महेन्द्रनगर कंचनपुर जिल्लाको महाकाली प्रादेशिक अस्पतालबाट सुदुरपश्चिम प्रदेशकै बिरामीहरु स्वास्थ्य उपचारबाट लाभान्वित हुने गरेका छन ।
कंचनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा अवस्थित महाकाली अस्पतालमा अहिलेको अवस्थामा डाक्टर देखि बिशेषज्ञ डाक्टर सम्म सबैको उपस्थित पनि पहिले भन्दा राम्रै देख्न पाइन्छ । विगत केही वर्षबाट उपचार क्षेत्रमा राम्रो कार्य गरिरहेको चर्चा महाकाली प्रादेशिक अस्पतालको सुनिएता पनि त्यो अवस्था दिर्घकालिन रुपमा भने टिक्न पाएन ।
इमर्जेन्सी बिरामीहरु लाई समेत समयमा उपचार नपाउनु , कर्मचारीहरुको ढिला-सुस्ती कार्य प्रणाली , पर्चा काटने ठाउँमा व्यवस्थित तरिकाले काम नगरिनु , ल्याब परिक्षणमा प्रकिया लामो राख्नु , आवश्यक औसधीहरु पुर्ण मात्रामा उपलब्ध नहुनु सम्मका कार्यले अस्पतालमा आउने बिरामीहरु लाई पुनः प्राइभेट अस्पताल वा भारतिय शहरमा गएर चर्को डाक्टर फिस र औषधि मूल्य तिर्न समेत बाध्य गरेको देखिन्छ ।
समय-समयमा जनताबाट अस्पतालमा हुने यस्ता गतिविधिहरुको विरोध भएतापनी अस्पताल समिती तथा स्थानिय जनप्रतिनिधिहरुको अस्पताल क्षेत्रमा हुने गतिविधिमा ध्यान नदिइनुले अस्पतालले एकाएक बनाएको छवि समेत धुम्लिरहेको पाइन्छ । नेता तथा उच्च ओहदामा बसेकाहरु जादा अस्पतालले उनीहरू प्रती गरिने उपचार शैली र सामान्य गरिब जनता जादा प्रयोग हुने उपचार शैलीको कारण पनि नेतृत्व तहका व्यतीहरुमा अस्पताल राम्रो चलेको गलत अनुभव भएको देखिन्छ ।
जनता सङ्ग वा पहुच नभएका बिरामीहरु सङ्गको व्यवहार , अस्पतालका उपचार शैली लगायतका विषयमा कंचनपुर जिल्लामा रहेको रा.प्र.पा. को युवा सङ्गठनका अध्यक्ष कलेश सिंह ठकुरी लगायतको ६०/७० जनाको टोलीले अस्पतालमा स्वयम् मार्कामा रहेका बिरामीहरु सङ्गै राखी अस्पताललाई ज्ञापन पत्र बुझाएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी