२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । सामाजिक विकास कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षको समिक्षा तथा चालु आर्थिक वर्षको जिल्ला स्तरी कार्यक्रम प्रवोधिकरण सम्पन्न गरेको छ ।
बुधबार महेन्द्रनगरमा एक कार्यक्रम आयोजना गर्दै सामाजिक विकास कार्यालयले गत वर्ष पुजिगतर्फ १३ करोड ४४ लाख ८७ हजार लागतमा कुल ११ करोड २८ लाख ५६ हजार खर्च गरेको छ भने, चालु तर्फ १५ करोड ८ लाख ५५ हजार मा १३ करोड ५ लाख ८ हजार खर्च भएको कार्यालय प्रमुख धर्म राज जोशीले बताए ।
त्यस्तै विद्यालय क्षेत्र विकास कार्यक्रम जिल्ला स्तरिय (संघ शर्सत अनुदान) ३५ करोड ९ लाख ११ हजार २ सय ४३ र राष्ट्रिय युवा परिचालन कार्यक्रम (संघ शर्सत अनुदान) ३५ करोड ९ लाख ११ हजार २ सय ३ रहेको जनाइएको छ ।
आ.व. २०७८÷०७९ को लवाषर््िक लक्ष्यको जम्मा लागत १५ करोड १९ लाख ८० हजार रहेको मा कार्यालयले १२ करोड ८० लाख २ हजार खर्च गरेको छ ।
कार्यालयले गत आ.व. मा महिला बालबालिका तथा नागरिकका लागि महिला सशक्तिकरण तालिम, नेतृत्व र सीप विकास तालिम, जेष्ठ नागरिक दिवा सेवा केन्द्र, अपांगता भएका व्यक्तिहरुका लागि सीपमूलक तालिम, महिलाका लागि लोक सेवा तयारी कक्षा, अन्र्तपूस्ता ज्ञान सीप हस्तान्तरण कार्यक्रम, सामाजिक अभियन्न्ता मार्फत लैंगिक हिंसा, बाल संरक्षण र बाल बिवाह सम्बन्धि समुदाय स्तरमा सचेतना कार्यक्रम, अति जोखिममा परेका बालबालिका लाई आपत कालिन सहयोग, किशोरीहरुलाई ३ दिने आत्मरक्षा तालिम र समुदाय स्तरमा समाजिक रुपान्तरण कक्षाहरु सञ्चालन गरेको कार्यालय प्रमुख जोशीले जनाए ।
त्यस्तै उक्त कार्यालयले गत वर्ष जिल्लाका विभिन्न विद्यालयहरुमा आइसिटी सम्बन्धि सामाग्रीहरु खरिद, विद्यालय भवन निर्माण, मन्दिर निर्माण लगायत अनुगमनका कार्यहरु गरिएको उनले बताए ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहरा प्रमुख आतिथी रहेका थिए भने जिल्लाका विभिन्न पालिकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, एसपी, लगायतका जनप्रतिनिधि एवं विद्यालयका प्रध्यानाध्यापक, समाजसेवी पत्रकारहरुको उपस्थिती रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी