२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरले ‘ग्रोन क्यानसर’ भएकी बालिकाको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । बैतडीको शिवनाथ गाँउपालिका–३ की १० वर्षिय बालिका प्रतिक्षा कलौनीको उपचारका लागि निर्माण व्यवसायी संघ कञ्चनपुरले शुक्रवार २३ हजार एक सय रुपैँया हस्तान्तरण गरेको हो ।
एक वर्ष देखि काठमाडौंको क्यान्सर सेन्टर र टिचिङ्ग हस्पिटलमा ‘ग्रोन क्यान्सरको’ उपचारमा रहेकी बालिका कलौनीको लागि संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टको पहलमा २३ हजार एक सय रुपैँया संकलन गरेर बालिकाका दाई सुरेश दत्त कलौनीलाई हस्तारन्तरण गरिएको महासचिव योगेन्द्र ठकुराठीले बताए ।
समाजमा दुःख, पिडा, एवं समस्यामा परेका सबैलाई सक्दो सहयोग गर्नुपर्ने मानव धर्म स्वरुप कञ्चनपुरका निर्माण व्यवसायीहरुले अस्पतालको शैय्यामा क्यानसर रोगको उपचारमा रहेकी बहिनीका लागि समाजिक धर्म निर्वाह गरेको संघका अध्यक्ष भट्टले बताए । ‘अस्पतालको बेडमा क्यानसर रोग संग लडिरहेकी बहिनीको उपचारका लागि केहि राहत मिलोस भनेर, हामी निर्माण व्यवसायीहरुले सक्दो संकलन गरेर हस्तान्तरण गरेका हौं, यो हाम्रो समाजिक एवं मानव धर्म हो ।’ अध्यक्ष भट्टले भने ।
ग्रोन क्यानसर पिडित बालिका कलौनीको पारिवारिक आर्थिक अवस्था कमजोरीका कारण उपचारमा समेत बाधा पुग्ने स्थिती देखा परेको छ । बालिकाको उपचारका लागि परिवारले सबैलाई आर्थिक सहयोगको अपिल गरेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी