२०८१ मंसिर १०, सोमबार
कञ्चनपुर:
आज महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समिति कञ्चनपुरको निर्वाचन हुँदैछ । सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको नयाँ कार्य समिति चयनका लागि निर्वाचन हुन लागेको हो । सहमती हुन नसकेपनि निर्वाचन प्रकृया मार्फत कार्य समिति चयन हुन लागेको छ । सचिव पदमा मात्रै सर्वसम्मत भएको सचिवमा बेलडाँडीकै नरेश सिह धामी निर्विरोध चयन भएका छन । नेतृत्व सहित पदाधिमारीमा निर्वाचन हुने छ । केन्द्रीय कार्य समितिको नेतृत्वका लागि दुई जना सिँचाईकर्मीको उम्मेदवारी परेको छ ।
नेतृत्वका लागि चेतन कुमार राई र भीम बहादुर थापाको अध्यक्षमा पदमा उम्मेदवारी दिएका छन । महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको नेतृत्व सहित कार्य समिति चयनका लागि राईले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन । उपाध्यक्षमा सुरेन्द्र बहादुर चन्द, दिलिप कुमार बडायर, सचिव दिल बहादुर कुँवर, भुपेन्द्र सिह नागरी र कोषाध्यक्ष पदमा कृष्ण प्रशाद जोशी र बिर बहादुर बडुवालको उम्मेदवारी परेको छ ।
तीन दशकदेखि केन्द्रीय नेतृत्व जिल्लाको माथिल्लो भेगमा रहने गरेपनि यस पटक केन्द्रीय नेतृत्व दक्षिण भेगमा गएको छ । केन्द्रीय नेतृत्व दक्षिणबाटै आउने निश्चित छ ।
दोस्रो चरण सिँचाई प्रणाली त्यस मध्ये पनि बेलडाँडी गाँउपालिकाकै दुवै उम्मेदवार अध्यक्षमा पदमा देखिएका छन । दुवैले दशक बढि समयदेखि सिँचाईकर्मी भएर काम गदै आएका छन । अध्यक्ष पदका उम्मेदवारद्वय थापा र राईले सिँचाई विकासका एजेण्डा अघि सारेका छन । बेलडाँडी गाँउपालिका २ चवन्नीका स्थानीय समेत रहेका थापा राजनीतिकर्मी, संरक्षणकर्मी, किसान नेता एव समाजिक अगुवा हुन । डेढ दशकदेखि सिँचाई जल उपभोक्ता सघमा आबद्ध रहेका थापा टर्सरी अध्यक्षदेखि क्षेत्रीय समितिको नेतृत्व निर्वाह गरिसकेका छन । एसएचआर १÷२को अध्यक्ष भएका थापा ६ नम्बर ब्लक अध्यक्ष, महाकाली सिँचाई जल उपभोक्ता संघ द्वितिय चरण क्षेत्रीय समिति बेलडाँडीका अध्यक्ष भएका थिए । एक पटक दोस्रो चरणको अध्यक्षमा पराजित भएका थापा यस पटक केन्द्रीय अध्यक्षका लागि कस्सिएका छन । उनले आफु क्षेत्रीय समितिको अध्यक्ष हुँदा बेलडाँडी बेलौरीको सिमसार क्षेत्र हटाएको र अहिले पनि हटाउने योजना अघि सारेका छन ।
थापाले महाकाली सिँचाईको नहर प्रणाली सुधार गर्ने, सिँचार्ई प्रणालीलाई उत्कृष्ठ बनाउने, सिँचाईका सम्पूर्ण समस्या हटाउँदै किसानलाई सिँचाई सुविधा पु¥याउने योजना अघि सारेका छन । ‘मैले यस अघि गर्न बाँकी रहेका सिँचाई सुधारका अधुरा योजना अघि बढाउँछु, ‘उनले भने, ‘गड्डाचौकीदेखि बेलौरीसम्म सिँचाईका सम्पूर्ण समस्या समाधान गर्छु ।’ उम्मेदवारी दर्तासंगै उनी प्रचारप्रचारमा जुटेका छन । बेलडाँडी गाँउपालिका ४ वैवाहका स्थानीय समेत रहेका राई राजनीतिकर्मी, किसान नेता एव समाजिक अगुवा नेताका रुपमा परिचित छन । एक दशक बढीसयमदेखि राई सिँचाई जल उपभोक्ता सघमा आबद्ध रहेका छन । उनी टर्सरी महाससचिवदेखि क्षेत्रीय समितिको कोषाध्यक्ष पदको जिम्मेबारी निर्वाह गरिसकेका छन । अहिले पनि निर्वतमान क्षेत्रीय समिति दोस्रो चरणको अध्यक्ष हुन ।
उनले आफु क्षेत्रीय समितिको कोषाध्यक्ष हुँदा बेलडाँडी बेलौरीको सिमसार क्षेत्र व्यवस्थापन गर्दै सिमसारखेतीयोग्य भूमिलाई पुर्नरुत्पादन गराउएको, आईडब्लूआरएमपीका कार्यक्रम संचालन गरेको अहिले पनि सिँचाई प्रणाली थप सुधारको योजना रहेको बताए । ‘म कोषाध्यक्ष भएकै कार्यकालमा ठुलो कार्यक्रम ल्याउन सफल भए, ‘उनले भने, ‘अझैपनि थप कार्यक्रम ल्याउँछु ।’ अध्यक्षमा पदमा उम्मेदवारी दर्ता गराएसंगै आईले एजेण्डा लिएर मतदाताकहाँ पुगिरहेका छन ।
राईले अधुरा टर्सरी निर्माण, मर्मत, आम किसानको खेतखेतसम्म सिँचाई पु¥याउने योजना अघि सारेको बताए । ‘मेरो उदेश्य हरेक किसानलाई सिँचाईमा सहज पहुँच हो, ‘उनले भने, ‘स्रोत खोजेरै भएपनि सिँचाई प्रणालीमा ब्यापक सुधार गर्छु ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी